गोविन्द घर्ती देवदह पौष १०
रुपन्देहीको देवदहमा सरसफाई ¥याली सम्पन्न भएको छ । स्थानीय विकास मन्त्रालय र फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रको सप्ताहव्यापी संयुक्त सरसफाइृ अभियान अन्र्तगत देवदहको कचरार पुल देखि बुटवलको धागोकारखाना सम्म सरसफाई ¥याली सम्पन्न भएको हो ।

स्थानीय विकास मन्त्रालयले आयोजना गरेको सप्ताहव्यापी सरसफाई अभियान अन्र्तगत देशको राजमार्ग क्षेत्र सरसफाई सहीत सरसफाई ¥याली गरेको हो । सो अवसरमा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले फोहोर मुक्त अभियान संचालन गरेको बताउनु भयो । राजमार्ग मात्र नभई गाउ÷टोल, शहर लगायतका क्षेत्रलाई सरफाई मुक्त क्षेत्रको रुपमा लैजान मन्त्रालयले सप्ताहव्यापी सरसफाई अभियान संचालन गरेको बताउनु भयो । सहसचिव पाण्डेले सरसफाई कार्यक्रमलाई सफल बनाउन स्थानीय नागरिकको अह्म भूमिका हुनेमा जोड दिनु भयो । अर्को प्रसगमा देवदह नगरपालिका पर्यटकीय हिसावले महत्वपूर्ण भएकोले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मन्त्रालयले पहल खेल्ने बताउनु भयो । सोही कार्यक्रममा बोल्दै रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले टोल सुधार समितिको माध्यमबाट गाउटोलको सरसफाई कार्यलाई नगरपालिकाले निरन्तारता दिनु पर्नेमा जोड दिनु भयो । सरसफाई अभियानमा स्थानीय वासी नै सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका विश्वमणि ज्ञवाली, हास्यकलाकार शिवशंकर रिजाल (पानवाला) लगायतले आ–आफना भनाई राख्नु भएको थियो । जयकिशन अधिकारीको संचालनमा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, टोलसुधार समिति, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
