इजरायलमा किराँत याक्थुङ चुम्लुङले लिम्बु राष्ट्रिय चाड चासोक तङनाम (न्वागी पूजा ) भव्यताका साथ मनायो

Read Time:4 Minute, 21 Second

माया घले मगर ,
डिसेम्बर-२१
इजरायलमा रहेको लिम्बूहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङ इजरायल (नेपाल) ले सौहार्दपूर्ण सभ्य र भब्यताको साथ किराँत लिम्बुहरुको महान चाड चासोक तङनाम (उधौली पूजा) मनाएको छ ।

संस्थाका अध्यक्ष नयन इम्सोङको सभापतित्वमा संस्थाका महासचिव सागर तुम्बपो र सचिव रोहिता लिङदेनले पहिलो चरण कार्यक्रम र दोस्रो चरण कार्यक्रम सहसचिव गीता तुम्बाहाङफे द्धारा सन्चालित उक्त कार्यक्रमको बिशिष्ट आतिथ्यतामा लिम्बू समुदायको बरिष्ट कलाकार यासेलीङ योङहाङ र मिस लिम्बु -2015 बिष्णु चेम्जोङ रहेका थिए भने संस्थाका संस्थापकहरु प्रताप मादेन र बिबस खापुङ सुमनलाई आसनग्रहण गराइएको थियो । विशेष अतिथी एवंम अतिथीहरुमा बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको गरिमामय उपस्थिती रहेको थियो ।

सामुहिक राष्ट्रिय गान गाइए पश्चात कार्यक्रमका सहसंयोजक तथा संस्थाका सचेतक आशा लिम्बू राईले स्वागत तथा शुभकामना मन्तव्य राखेकी थिईन भने कार्यक्रमलाई औपचारिकता प्रदान गर्नलाई विशेष अतिथी नेपाल आदिवासी जनजाति महासंघ इजरायलका कामु अध्यक्ष सुश्री डोमा शेर्पाले र चासोक फिम्मा पूजालाई उद्घाटन गर्न संस्थाका अध्यक्ष र संस्थाका संस्थापकहरुले सामूहिक दीप प्रजलन गरि कार्यक्रमलाई उद्घाटन गरेका थिए।

उक्त कार्यक्रमका पूजारी (फेदाङ्मा) यासेलीङ योङहाङले चासोक तङनाम के हो र किन मनाइन्छ भन्ने बारे प्रस्ताएका थिए भने मिस लिम्बु-2015 बिष्णु चेम्जोङले लिम्बू समुदायको संस्कार र संस्कृतिको बारेमा आफुले बनाएको “माङगेना” शीर्षक डकुमेन्टरी प्रस्तुत गर्दै लिम्बू समुदायमा यसले ठुलो महत्व राख्ने आशा व्यक्त गरेकी थीइन । नेपाल आदिवासी जनजाति महासंघ इजरायलका कामु अध्यक्ष डोमा शेर्पाले नेपाल सरकारको बिभेदकारी नितिको कारण आफ्नो भाषा, लिपि , कला र संस्कृतिको उत्थान सोचे जस्तो गर्न नसकि रहेको अबस्थामा आफ्नो मौलिक चाड पर्वलाई प्राथामिकतामा राखेर हर्ष उल्लासमयको साथ मनाउनु पर्ने आफ्नो धारणा राख्दै चासोक तङनामको शुभकामना व्यक्त राखेकी थिईन ।

लिम्बू समुदायको बरिष्ट कलाकार यासेलीङ योङहाङ र मिस लिम्बु – 2015 बिष्णु चेम्जोङ लगायतका कलाकारहरुले कार्यक्रमलाई भरपूर मनोरंजनात्मक प्रस्तुति दिएर सहयोग गरि सफल बनाई दिए बापत सम्पुर्ण कालकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति नयन इम्सोङले कार्यक्रमलाई सफल पार्न सहयोग पुर्याउनु हुने सम्पुर्ण महानुभावहरुलाई स-धन्यवाद दिदै धैर्यताको साथ कार्यक्रमको अन्तिम घडी सम्म न्यानो उपस्थितिको प्रदान गरिदिनु हुने तमाम महानुभावहरु प्रति आभार प्रकट गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थीइन ।

श्रोत :-किराँत याक्थुङ चुम्लुङ इजरायल

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %