पत्रकार अर्याल पुरस्कृत

Read Time:1 Minute, 59 Second

देव पचभैया 

बुटवल, ६ पुस

बुटवलबाट प्रकाशित हुने राष्ट्रिय दैनिक वुटवल टुडे दैनिकको वार्षिकोत्सवका अवसरमा आयोजित फिचर लेखन प्रतियोगितामा पत्रकार माधव अर्याल उत्कृष्ट भएका छन् । अर्याल कान्तिपुर पब्लिकेशन्ससंग आवद्ध पत्रकार हुन् ।


बुटवल टुडेले यसवर्ष उर्जा सम्बन्धी फिचर लेखन प्रतियोगिताकालागि खुल्ला रुपमा प्रतिष्पर्धाकालागि आव्हान गरेको थियो । १८ वर्षदेखि तानसेनमा बसेर पत्रकारिता गर्दै आएका अर्यालको फिचर उत्कृष्ट भएको घोषणा वार्षिकोत्सवमै गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र वुटवल पब्लिकेशन्सका अध्यक्ष हरिप्रसाद पौडेलले संयुक्त रुपमा नगद १० हजार र सम्मानपत्र प्रदान गरिएको छ ।

फिचर लेखन प्रतियोगिता मूल्यांकन समितिका संयोजक तथा प्रेस काउन्सिलका सदस्य एवं नेपाल पत्रकार महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारीले फिचर लेखन समाचारको फरकपन भएपनि सबैले यसलाई
बुझ्न नसकेकाले अझै पनि यस्ता प्रतियोगिता गरेर अनुभवी बनाउन जरुरी रहेको बताउनुभयो ।

वुटवल टुडे दैनिकका प्रबन्ध संचालक नवराज कुंवरले प्रतियोगितामा लुम्विनी अञ्चलका महिला तथा पुरुष पत्रकारको सहभागिता रहेको बताउनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %