देव पचभैया
पाल्पा पौष ४
तानसेन खानेपानी उपभोक्ता समितिको चौथो साधारणसभा तानसेनमा सम्पन्न भएको छ । सधारणसभामा बोल्दै सांसद हरिप्रसाद नेपालले तानसेनको खानेपानीको समस्या समाधानका लागि सरकारको तर्फबाट आफूले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले खानेपानी समस्या समाधान गर्न कालीगण्डकीबाट पानी ल्याउने योजनाको अध्ययन् गर्नुपर्ने तथा स्थानीय मुहानको संरक्षण गरी खानेपानी प्रयोग ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पाल्पाका प्रमूख जिल्ला अधिकारी पे्रमलाल लामिछाने, नेपाली कांग्रेस पाल्पाका सचिव माधव नेपाल, नेकपा एमालेका जिल्ला सदस्य रामप्रसाद पोखरेल, एमाओवादीका जिल्ला सदस्य राजेन्द्र विश्वकर्माले तानसेनको खानेपानी समस्या समाधान गर्न वैकल्पिक आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै राप्रपाका प्रतिनिधि रेवन्तबहादुर विष्ट, राष्ट्रिय जनमोर्चा पाल्पाका कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा (माओवादी क्रान्तिकारी)का जिल्ला सह–संयोजक नविन थापाले आ–आफ्नो धारणा राख्नुभयो ।
साधारणसभामा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमूख केशवलाल शाक्य, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, तानसेन नगरपालिकाका योजना एवं प्रशासकीय अधिकृत विष्णु पौडेलले शुभकामना मनतव्य राख्नुभयो ।
साधारणसभामा उपभोक्ता समितिकाका अध्यक्ष चकोरमान शाक्यले संस्थागत प्रतिवेदनसहित आगामी कार्ययोजनाका विषयमा जानकारी दिनुभएको थियो । उहाँले तानसेनको खानेपानी व्यवस्थापनमा समितिले ध्यान दिने बताउँदै पानीको स्रोत पहिचान तथा नयाँ योजनामा समितिले कार्य अगाडि बढाईरहेको उल्लेख गर्नुभयो ।
यस्तै समितिका कोषाध्यक्ष भीमसेन कार्कीले ४ करोड १२ लाख ८७ हजार ४ सय ३० रुपियाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यको सभापतित्व र सचिव केशव पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो
