जिबिस पाल्पाले बनायो ५ बर्से गुरु योजना

Read Time:5 Minute, 22 Second

देब पचभैया
पाल्पा, पौष ५
जिल्ला बिकास समिति पाल्पाले ५ बर्से गुरुयोजना बनाएको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, पुर्वाधार, वन वातावरण,आर्थिक सम्वन्धी विकासका योजना तथा कार्यक्रम मार्फत कृषि, पर्यटन, उधोग र पुर्वाधार समतामुलक संवृद्ध बनाउने योजना छ । योजना तर्जुमाको ५ बर्षको अवधीमा पाल्पाका सवै घरधुरीमा १ धारा एक शौचालय, प्रत्येक गाविसको वडा वडामा १२ महिनानै सवारी साधनको पहुच, सिद्धार्थ राजमार्ग लाई स्तर उन्नती तथा बैकल्पिक व्यबस्थाको सडक निर्माण, जिल्ला लाई सरसफाईयुक्त, घरभित्रको धुवा मुक्त जिल्ला बनाउने, हवाईमैदान र तानसेनमा व्यबस्थित बसपार्कको निर्माण, कृषिमा यान्त्रिकरण, गाउँम गाउँमा बैकिङ्ग सुविधा, आवश्यकता अनुसार कृषि ऋणको व्यबस्था गर्न योजनाहरु तर्जुमा गरिएको छ ।

जिल्ला अस्पताल, मिशन अस्पताल र लुम्विनी मेडिकल कलेज लाई बिशेषज्ञ स्वास्थ्य सेवाको रुपमा विकास गर्ने, घर घरमा हुने सुत्केरीको अन्त्य गर्ने, जिल्ला लाई बालविवाह मुक्त बनाउने, गाउँमै रोजगारीको व्यबस्था गर्ने, जिल्लाभरी विधुतीकरण र उच्च गतिको ईन्टरनेट सेवा सहज पहुच पुर्याउने, हालको बसाई सराई लाई न्युनिकरण गर्ने कार्यक्रमहरु लागु गर्ने, जिल्ला भित्रको प्रयाप्त श्रोतहरुको परिचालन गर्ने जस्ता योजना तथा कार्यक्रमहरु तर्जुमा गरिएका छन ।

जिल्ला विकास समिती पाल्पाको आयोजनामा २ दिन सम्म जिल्लाका सरोकारवाला निकाय, सांसद, पुर्व सभासद, पुर्व जिविस सभापति, पुर्व जनप्रतिनिधी, राजनितिक दल, नागरिक समाज, पत्रकार, विषयगत समितीका विच भएको छलफल र अन्तरकृया र सुचक निर्धारण बाट जिल्ला लाई कृषि, पर्यटन र उधोग पुर्वाधारको विकास गर्ने योजना तर्जुमा गरिएको हो । आवधिक योजना तर्जुमामा ५ वटा विषयगत समिती गठन गरी योजना, सुचक, योजना कार्यान्वयनका सवल तथा दुर्लभ पक्ष, योजनाहरुको बजेट निर्धारण विषयमा विषयबस्तु केन्द्रित रहेर छलफल गरिएको थियो ।
विभिन्न तह बाट आएका योजना, कार्यक्रम तथा सुचकहरु लाई विशिष्टीकरण गरी पुन विषयगत समितीका संयोजक तथा उप संयोजकहरुले योजना तर्जुमा पेश गरेका थिए ।
संस्थागत विकास तथा श्रोत परिचालन समितीका सह संयोजक केयर सिंह राना, जिविस आन्तरिक लेखा परिक्षक यादव प्रसाद न्यौपाने, वन वातावरण समितीका सह संयोजक गिर बहादुर थापा, जिविसका अनिल नेपाल, आर्थिक विकास समितीका संयोजक विर बहादुर राना र सह संयोजक धनराज पौड्याल, भौतिक पुर्वाधार समितीका भिमार्जुन पाण्डे र बाबुराम अर्याल, सामाजिक समितीका संयोजक देवी प्रसाद बस्यालले २ दिने छलफलको निचोड बाट आएका विषयबस्तु योजना तथा कार्यक्रम पेश गरेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डेले विषयगत समितीले तयार पारेको योजनाहरुको अझै ३ महिना सम्म अन्तिम रुप दिई आगामी जिल्ला परिषद बाट पारित गरी कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

संघिय संरचनामा जिविसको व्यवस्था नरहेपनि जिल्लाको विकास निर्माणको लागी आवधिक योजना तुर्जुमा कोशेढुङ्गा सावित हुने उहाको बिश्वास छ ।
कार्यक्रममा विषयगत समितीबाट पेश भएका योजना तथा कार्यक्रमहरु सांसद हरी प्रसाद नेपाल, राधाकृष्ण कडेल, तुलसा राना, प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामिछाने, प्रहरी नायव उपरिक्षक सुमन कुमार तिम्सिना, पुर्व सभासद पुर्व सांसद, पुर्व, जिविस सभापति, राजनितिक दलका प्रमुख, विषयगत समितीका प्रमुखहरुको सहभागिता कार्यान्वयनको चरणको बारेमा छलफल गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %