सरनकालिका सामुदायिक वन उपभोक्ता समुह देवदह–७, को दोश्रो साधारण सभा सम्पन्न

Read Time:2 Minute, 29 Second

गोविन्द घर्ति

पौष ३ । सरनकालिका सामुदायिक वन उपभोक्ता समुह देवदह–७, को दोश्रो साधारण सभा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष भिमबहादुर सिंजालीको अध्यक्षता र जिल्ला वन कार्यालय रुपन्देहीका वन अधिकृत ईन्द्रबहादुर पछाईको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै अधिकृत पछाईले वनको संरक्षण, सम्वद्र्धन संगै उपयोग गर्नु पर्ने बताउनु भयो । उहाले वनको संरक्षण संगै चोरी निकासीबाट रोक्न उपभोक्ताहरु सचेत भएर लाग्नु पर्नेमा जोड दिनु भयो । अधिकृत पछाईले सामुदायिक वनहरुले वनजंगलबाट हुने आम्दानीबाट सामाजिक क्रियाकलाप तथा गरिव र विपन्नको आर्थिक स्तर वृद्धि गर्न लगानी गर्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला भू–संरक्षण कार्यालय रुपन्देहीका प्रमुख आनन्दराम घिमिरे, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अघिकारी, नेकपा एमालेका सल्लाहकार पदम थापा, देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जसमान गुरुङ्ग, प्रगति सामुदायिक वनका अध्यक्ष चमकान्त गौडेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना, खडक बहादुर सिंजाली लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी र सेक्टर वन कार्यालयका प्रमुख सतेन्द्र नारायण सिंलाई वनको संरक्षण र सम्वद्र्धनमा पु¥याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष सिंजालीले समुहको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मेघबहादुर गाहाको स्वागत र चित्रबहादुर सुनारीको संचालनमा कायक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %