अधिकारको लागि राजनैतिक क्रान्तिको आवश्यकः महासचिव सूर्यबंशी

Read Time:3 Minute, 3 Second

गोविन्द घर्ती

देवदह पौष १ । खोक्रा आडम्वरी राष्ट्रवादीहरुले सत्ता संचालन गरेका कारण देश वर्वादी तर्फ धकेलिएको संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले आरोप लगाएका छन । सूर्यवंशीले आदिवासी, जनजाति, दलित, मधेशी, पिछडा वर्गको अधिकार संविधानमा सुनिश्चित नभएको हुदा अधिकारको लागि राजनैतिक क्रान्तिको आवश्यक रहेको बताए । महासचिव सूर्यवंशीले देशको बर्तमान अवस्थाको निकासको लागि राष्ट्रिय आन्दोलनको आवश्यक रहेको बताए ।

राष्ट्रिय महिला मोर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेको भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै सूर्यवंशीले उक्त कुरा बताएको हो । सूर्यवंशीले महाधिवेशन पछि पार्टीले नया काचुली फेर्ने बताए । अहिलेको लडाई भनेको अस्तित्व र पहिचानको लडाई भएकोले नेपालमा बोलिने सम्पूर्ण जातजातिको भाषालाई सरकारी भाषाको रुपमा परिणत गर्नु पर्नेमा समेत जोड दिए । नेता सूूर्यवंशीले सिमांकन र नामांकन विनाको संघीय प्रदेशको कुनै अर्थ नभएको बताए । सो अवसरमा बोल्दै पार्टीका संघीय सदस्य एवं लुम्विनी सहईन्चार्ज अशोक पुनले सविधान शंशोसन गरेर भए पनि आमजनताको अधिकार स्थापित गर्नु पर्नेमा जोड दिए ।

पुनले समाज रुपान्तरणमा पार्टीका कार्यकर्ताहरु आ–आफनो ठाउबाट लाग्नुपर्नेमा जोड दिए । राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष विमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार जसमाया गुरुङ, पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ, महिला मोर्चाका केन्द्रीय सदस्य लिला राना, राष्ट्रिय दलित मोर्चा रुपन्देहीका अध्यक्ष हरिओम विक, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष ममता बुढाथोकी लगायतले आ–आफना भनाई राखेका थिए । कार्यक्रममा मोर्चाले संचालन गरेको देउसी भैलो कार्यक्रममा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

मोर्चाका उपाध्यक्ष ज्योति थापाको स्वागत र सचिव केशरी गाहाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %