तमु समाज इजरायलको प्र-ल्हो (बादर वर्ग) ल्होसार भव्यताका साथ मनाउने तयारी

Read Time:3 Minute, 36 Second

माया घले मगर
इजरायल,

रोजगारीको शिलशिलामा इजरायलमा रहेका तमु समुदायले गएका बर्षहरुमा जस्तै यस बर्ष पनि भव्य रुपमा तमु ल्होसार मनाउने तयारी गरेका छन् ।



तमु जातिको जातिगत हक अधिकार र तमु समुदायको भाषा, भेसभुषा र धर्म संस्कृतिको संरक्षण सम्वर्धनकालागि लामो समयदेखि इजरायलमा गठित संस्था तमु समाज इजरायल र तमु प्ये ल्हु संघ इजरायलले यो बर्षको ल्होसार संयुक्तरुपमा मनाउने तयारी गरेका हुन् ।

तमु भाषामा”प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु” अर्थात “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, संस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ मनाउन लागिएको यस बर्षको ल्होसार पर्व प्र-ल्हो (बादर वर्ग) ल्होसार भएको आयोजकले जनाएका छन् ।

आगामी ०१ जनवरी २०१६ शुक्रबार तेलअभिवको नमाल मार्ग-२७, स्थित एउटा हलमा आयोजना गर्ने तयारी गरिएको सो कार्यक्रमलाई सफलतापूर्ण रुपमा सम्पन्न सम्पन्न गर्न ४८ सदस्यिय “तमु ल्होसार मूल आयोजक समिति २०१६” गठन गरिएको छ । गत ३० अक्तूबरका दिन तमु समाज इजरायलका अध्यक्ष डिक कुमार गुरुङको अध्क्षयतामा बसेको तमु समाज इजरायल र तमु प्ये ल्हु संघ इजरायलको संयुक्त बैठकले प्र-ल्हो तमु ल्होसार संयुक्त रुपमा मनाउने निर्णय गर्दै आयोजक समिति गठन गरिएको आयोजकले नेपाल इजरायल डट नेटलाई जानकारी दिएका छन् ।

तमु जातिको भाषा, धर्म, संस्कृति, रीतिरिवाज संरक्षण तथा सम्वृद्धीका साथै तमुहरुमा एकताको सन्देश छर्ने प्रतिकको रुपमा यस बर्षको प्र-ल्हो तमु ल्होसार उत्रिने विश्वास आयोजकले लिएका छन् ।

हरेक वर्ष जस्तै यस बर्ष पनि आफ्नो संस्कृति झल्कने तमु संगीत तथा नृत्यका साथ शुक्रबार साझ ६ बजेबाट शुरु हुने सो कार्यक्रममा उपस्थितकोलागि संम्पूर्ण तमु दाजुभाई दिदीबहिनी तथा इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरिएको छ । त्यस्तै आयोजकले कार्यक्रममा सहभागिता जनाउदा यथासम्भव आफ्नो जातिय तमु पोशकमा सहभागिताको लागि जोड दिएको छ ।

कार्यक्रममा स्वादिस्ट परिकारका साथमा रात्रिभोजको पनि व्यवस्था गरिएको बताइएको छ ।

तपशिल:

कार्यक्रमः- तमु प्र-ल्होसार २०१६

आयोजकः- तमु समाज इजरायल -तमु प्ये ल्हु संघ इजरायल

स्थानः- नमाल-२७, तेल-अभिब, इजरायल

समयः- बेलुका ६ बजे देखि बिहान ४ बजे सम्म

मितिः- १ जनवरी २०१६,शुक्रबार

टिकट दरः-२०० निश मात्रै

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %