तराई मधेसको माग जनताको भन्दा हारेका नेताहरुको हो: मन्त्री पाण्डे

Read Time:4 Minute, 10 Second

देब पचभैया

पाल्पा, मंशिर २७

उधोग मन्त्री सोम प्रसाद पाण्डेले तराई मधेशमा उठेको आवाज जनताको नभई निर्बाचनमा हारेका नेताहरुको भएको आरोप लगाएका छन ।

तराईबाट प्रत्यक्ष निर्बाचित ११९ मध्ये ५३ जना नेपाली काग्रेसको ३७ जना एमालेको १२ जना एमाओबादी र केही स्वतन्त्र गरी १ सय ८ जना सदस्यले संबिधानमा हस्ताक्षर गरेको भन्दै मन्त्री पाण्डेले हस्ताक्षर नगर्ने बिजय गच्छदारको पार्टीका चार जना सरकारमा सामेल भएर संबिधानलाई स्वीकार गरेकाले तराई मधेशका ७ जना सासदको मात्रै संबिधान प्रति असन्तुष्टि रहेको दाबी गरे ।

स्थानिय शान्ति समिति पाल्पाले आईतबार देखि शुरु गरेको ३ दिने नेपालको संबिधान २०७२ सम्बन्धि अनुशिक्षण कार्यक्रमको तानसेनमा उद्घाटन गर्दै मन्त्री पाण्डेले महन्थ ठाकुर, राजेन्द्र महतो, हृदयस त्रिपाठी जस्ता चुनावमा हारेका नेताहरुले आन्दोलनको अगुवाई गर्दे संबिधानको बिरोध गरेको बताए ।

तराई मधेसको माग आम नेपाली जनताले स्वीकार गर्ने भए मात्रै पुरा हुन सक्ने भन्दै उहाले मधेशमा उठेका केही मागहरू केही अदृश्य शक्तिहरु संग जोडिएको शंका लागेकाले पुरा हुन नसकेको पान्डेको भनाई छ । समाबेशी समानुपातिक प्रतिनिधित्वको कुरालाई संबिधान संसोधन मार्फन पुरा गर्ने भन्दै उहाले आन्दोलनका अगुवाहरुले संबिधान नपढेकाले समस्या भैरहेको आरोप लगाए ।

जनसंख्याको आधारमा निर्बाचन क्षेत्र निर्धारणको माग मधेशी मोर्चाको जोरदार माग रहेको भन्दै मन्त्री सोम प्रसाद पाण्डेले यो माग राख्नको लागी कुनै मुलुकले प्रेरणा दिएको आसंका रहेको बताए । मुर्ख देखि दैब डराउछ भन्ने पुरानो उखान जस्तै मधेशका मुर्खहरु संग जनता डराएर आन्दोलनमा सामेल भएको पान्डेको दाबी छ ।

कार्यक्रममा सांसद तुल्सा रानाले अहिलेको संबिधान प्रति पनि आदीबासी, जनजाति, महिला दलित र समग्र मधेसले असन्तुष्टी जाहेर गरेको भन्दै संबिधानलाई संसोधन गरेर सबैको चित्त बुझाउनु पर्नेमा जोड दिइन ।

उद्घाटन शत्रको समापन पछि आईतबार नै पाल्पा क्षेत्र नम्बर ३ अन्तर्गत गत गाबिस, नगर भित्र रहेका स्थानिय शान्ति समितिका सदस्यहरु, पछाडी परेका समुदाय लगाएतका प्रतिनिधिहरुलाई संबिधानमा रहेका अन्तरबस्तुका बारेमा जानकारी दिईएको छ ।
नया संबिधानको बारेमा आम जनतालाई जानकारी दिनको लागी सोमबार पाल्पाको आर्यभञ्ज्याग र मंगलबार रामपुरमा कार्यक्रम राखिएको स्थानिय शान्ति समिति पाल्पाले जनाकारी दिएको छ । जिल्ला बिकास समिति पाल्पाको सहयोग र स्थानिय शान्ति समिति पाल्पाको आयोजनामा पाल्पाका ३ वटै निर्बाचन क्षेत्रलाई समेत्ने गरी कार्यक्रमको आयोजना गरिएको स्थानिय शान्ति समिति पाल्पाका संयोजक नेत्र पाण्डेले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %