पाल्पा, मंसिर १९
नेपाल मगर विद्यार्थी संघ पाल्पाको नेतृत्वमा नेपाल मगर संघ र नेपाल मगर महिला संघले संयुक्त रुपमा तानसेनमा रहेको प्रथम सहिद लखन थापामगरको शालिक र फूलबारीको सरसफाई गरेका छन् । मगर समुदायले लामो समयदेखि नेपाल सरकार समक्ष लखन थापा मगरलाई नेपालको प्रथम सहिदको रुपमा घोषणा गर्ने माग गरेको र सो मागको सरकारले प्रथम सहिदको घोषणा गरेको अवसरमा पार्कको सरसफाई कार्यक्रम गरिएको विद्यार्थी संघका अध्यक्ष राधाकृष्ण दंगालले बताए । उनले पार्कको संरक्षण र सरसफाई स्थानीय निकायबाट हुन नसक्दा स्थानीय निकाय र प्रशासनको ध्यानकेन्द्रित गराउन सो कार्य गरिएको बताउँदै आगामी दिनहरुमा समेत यस्ता किसिमका रचनात्मक कार्यहरु गर्दै जाने बताए । सरसफाई कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर संघ र नेपाल मगर महिला संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
