मगर बुद्धिस्ट सोसाइटी यु के को प्रथम अधिबेशन हुँदै

लण्डन ,

यही आऊदो ६ डिसेम्बर आइतबार बिहान ९ बजे ह्यारो फूट्बल क्लब ,साउथ ह्यारोमा मगर बुद्धिस्ट सोसाइती यु के को प्र्थम अधिबेशन हुने संघका अध्यक्ष कृष्ण दर्लामीले राज्यसत्त्तालाई जानकारी गराएका छन ।एक बर्ष अगाडि मगर संघ यु केको भात्री संगठनको मान्यता प्राप्त गरी धार्मिक गतिविधी तथा मगर समाजमा भईपरी आउने कर्मकान्ड सन्चालन गरी सेवा सुचारु गरी सकेको उक्त संस्थाले तदर्थ समिती मार्फत उक्त कृयाकलाप हरु सन्चालन गरेकोमा अब बन्ने नयाँ कार्य समितिको जिम्मामा बिधान लगायतका बिबिध बिषयमा छलफलका साथ नयाँ कार्य समितिको छनोट निर्वाचन प्रकृया मार्फत गरिने जनाइएको छ ।

                                                                                                                                                                       


                                  उक्त अधिवेशन सम्पन्न गर्न संस्थाका वरिस्ठ सल्लाहकार ,मगर संघ यु के का संस्थापक अध्यक्ष थर्क राना ,मगर संघ यु केका अदक्ष्य दुत पुन र संस्थाका सल्लाह्कार भरत थापालाई जिम्मेवारी टोकिएको छ भने उक्त कार्यक्रम्मा भिक्क्षु ईन्द्रशकका साथ लुम्बिनी बुद्ध विहार लन्डन,डाक्टर अंबेड्कर सेन्टर लन्डनबाट बिशेष प्रतिनिधिहरुलाई आमन्त्रित गरिएको संघका सेक्रेटरी टिकाराम दर्लामी मगरले जानकारी दिए ।

Venue

Harrow Football Club

Earlsmead,Carlyon Avenue,South Harrow

HA2 8SS

Date & Time:-9:00-17:00

 06/12/2015