अपाङ्गहरुलाई ह्वील चियर तथा वाकर वितरण

Read Time:3 Minute, 39 Second

गोविन्द घर्ती देवदह मंसीर १७

देवदह उद्योग बाणिज्य संघ र लायन्स क्लव बुद्धमावली देवदहको संयुक्त आयोजनमा अपाङ्गहरुलाई ह््ियल चियर तथा वाकर वितरण गरेको छ ।

अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा उक्त ह्यिल चियर तथा वाकर वितरण गरेको हो । रुपन्देही क्षेत्र नं १ का सांसद अव्दुल रज्जाकले अपाङ्गहरुलाई एक कार्यक्रमका वीच ह्यिल चियर तथा वाकर वितरण गर्नु भएको हो । सो अवसरमा बोल्दै सासद रज्जाकले जारी संविधानमा अपाङ्गहरुको अधिकार स्थापित गरेको दावी गर्नु भयो । उहाले अपाङ्गहरुलाई आत्मनिर्भर तर्फ उन्मुख गराउन सिपमुलक तालिमहरु प्रदान गर्नु पर्ने बताउनु भयो । नेपाली काग्रेस रुपन्देहीका सभासद समेत रहनु भएको सांसद रज्जाकले अपाङ्गहरुलाई अवसरमा दिएमा सपाङ्ग सरह नै काम गर्न सक्नेमा जोड दिनु भएको थियो । देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बैदेशिक रोजगार महासंघका पुर्व उपाध्यक्ष ज्ञानप्रसाद गैरे, राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव ईश्वरी पाण्डे, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, नेपाली काग्रेसका जिल्ला सचिव हिराबहादुर खत्री, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग व्यापार संगठनका अध्यक्ष गोविन्द ठड्राईले बोल्नृु भएको थियो । त्यसैगरी देवदह नगरविकास समितिका डिल्लीराज मरासिनी, नेपाली काग्रेसका क्षेत्रीय सभापति विश्वनाथ यादव, अपाङ्ग सेवा समाजका वालकुमार श्रेष्ठ, शितलनगर ईलाका वनका वलराम पोखरेल, नेपाल भारत मैत्री संघका वासुदेव रिमाल, नेपाली काग्रेसका दुर्गाबहादुर राना, नेकपा एमालेका खैराज शर्मा, एमाओवादीका टिका गौतम, मोतीलाल ढकाल, नेकपा माओवादीका मेघनाथ पौडेल, जनमुक्ति पार्टीका डम्वरबहादुर थापा, राप्रपाका ऋषिराम रेग्मी, गाउ वन सम्वन्य सञ्जालका खेमनारायण अधिकारी, देव विकास बैकका राजन अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा खुमकुमारी गिरी, मोतीलाल कामी, लालमोहम्द खां, थमानसिं थापा, अञ्जली राना, मोतीराम थारु लाई ह्यिल चियर, जीवलाल डुम्रे, बुद्धिसरा सूर्यवंशी, नरीसरा कुवरलाई वाकर र रामनाथ भण्डारी, वालकृष्ण दर्जीलाई बैषाखी प्रदान गरिएको थियो । लायन्स क्लव अफ बुमावलीका अध्यक्ष होमनाथ ढुगानाको स्वागत र प्रमोड खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %