मंसीर १८ ।
अपाङ्गहरुलाई समाज र राष्ट्रले अवसर प्रदान गर्नुपर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले अपाङ्गहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका थिए । २४ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग समाज केन्द्र देवदहले आयोजना गरेको अपाङ्गतालाई वाख्रा वितरण तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले अपाङ्गहरुको आर्थिक स्तर वृद्धि गर्न आयमुलक क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले अर्थपूर्ण समावेशी अहिले सम्म व्यवहारमा लागु हुन नसकेको बताएका थिए । अपाङ्ग समाज केन्द्र देवदहका अध्यक्ष राधीका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, अपाङ्ग महासंघका क्षेत्रीय संयोजक सावित्री घिमिरे, नया जीवनका लागि हातेमालोका मिना पाण्डे, पश्चिमाञ्चल बहिरा संघका पिताम्वर लम्साल, अपाङ्ग वालअस्पतालका राजाराम चौधरी, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, एमाओवादीका जिल्ला सदस्य टिका गौतम, रेडियो देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेल, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछानेले बोल्नु भएको थियो । त्यसैगरी राष्ट्रिय जनामोर्चाका हरी केसी, नेकपा एमालेका पदम थापा, देवदह साप्ताहिकका त्रिलोचन दहाल, गाउ वन समन्वय समिति देवदहका खेमनारायण अधिकारी, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, नरबहादुर गुरुङ्ग, कोषबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा अति विपन्न ८ जना अपाङ्गहरुलाई वाख्रा वितरण गरिएको थियो । त्यसैगरी समाजको भवन निर्माण, कार्यालय संचालनमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरिएको थियो । सोही अवसरमा हल्योलहय चर्चाका प्रमुख नरबहादुर गुरुङ्गले देवदह क्षेत्रमा रहेका अतिविपन्न, जेहेन्दार एक जना अपाङ्ग विद्यार्थीलाई १२ कक्षा सम्म अध्ययनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । समाजका सचिव बलराम चापागाईको स्वागत र कृष्ण न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । नेपाल अविनास सामाजिक सेवा संस्था, नया जीवनको लागि हातेमालो र देवदह नगरपालिकाको सहयोगमा सम्पन्न भएको थियो ।
