गोविन्द घर्ती
रुपन्देही मंसीर १६ । विभिन्न ११ बुदे प्रस्ताव पास गर्दै पहिचान पक्षधरको संघीय पत्रकार परिषदको दोश्रो राष्ट्रिय भेला रुपन्देहीको मंगलापुरमा सम्पन्न भएको छ ।
भेलाले नेपालको विविधतालाई आत्मसाथ गर्दै आदिवासी जनजाति, महिला, मुश्लिम, दलित, अल्पसंख्यक, पिछडा बर्ग समुदायबाट सञ्चार क्षेत्रमा क्रियाशिल रही आएका सञ्चारकर्मीहरुलाई शसक्त पत्रकारिताका लागि प्रोत्साहन गर्ने, विभेदकारी, भ्रष्टाचार मुक्त र समृद्ध नेपालको पक्षका सञ्चार क्षेत्रलाई केन्द्रित गर्ने, नेपािलको विशिष्टता अनुसारको राज्य व्यवस्थाका लागि बहुजातिय लोकतान्त्रिक समाजवाद स्थापनामा क्रियाशिल रहने छ ।
त्यसैगरी मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित लोकतान्त्रिक मूल्यमान्यता सुढृत गर्नका लागि सक्रिय निष्पक्ष र निर्भिक पत्रकारितालाई प्रोत्साहन गर्ने, प्रेस स्वन्त्रताका लागि निरन्तर क्रियाशिल रहने, सञ्चरकर्मीको हक, अधिकार, संरक्षण एवं प्रवर्धन गर्न र सञ्चारकर्मीहरुको सिप, दक्षता, गुणस्तर अभिवृद्धिका लागि क्रियाशिल हरने साथै राष्ट्र र समाज आमनागरिकको हितको लागि निरन्तर रहने प्रस्तावहरु पारित गरिएको छ ।
भेलाको उद्घाटन गर्दै संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एमएस थापाले मुलुकको परिवर्तनमा पत्रकार र सञ्चारकर्मीहरुको अहम भूमिका भएको बताएका छन । थापाले देशको अवस्थालाई कता लाने भन्ने कुरा पत्रकारहरुको हात हुने भएकोले सकारात्मक सोचका साथ पत्रकारहरुले कलम चलाउनु पर्नेमा जोड दिए । पूर्वमन्त्री समेत रहेका अध्यक्ष थापाले पत्रकारहरुले उत्पीडित, आदिवासी जनजाति, पछाडि परेकाको अधिकारको लागि पत्रकारहरुले कलम चलाउनु पर्ने बताए । पत्रकारहरुले राष्ट्र निर्माणमा राजनैतिक दलहरुको ध्यानकर्षण गर्नुपर्ने भन्दै विभेदकारी नीतिको पत्रकारहरुले भण्डाफोर गर्नुपर्ने बताए ।
दोश्रो राष्ट्रिय भेलाले लोक बहादुर ढेगाको अध्यक्षतामा १७ सदस्यीय संघीय पत्रकार परिषद गठन गरेको छ । जसको सचिवद्धयमा सनु थापा, देवेन्द्र सुर्केली, राजन सम्पाहाङग रहेका छन । अन्य सदस्यहरुमा कमल थापा, मनोज थापा, राज चाैधरी, देवेन्द्र सारु, मिना राना, ज्ञान बहादुर थापा रहेका छन । त्यसैगरी रुपन्देही संयोजकमा राज चौधरी र सचिवमा कमल चौधरी रहेका छन ।
अन्य सदस्हरुमा पारस गुरुङ्ग, मोहन थापा, आकृति थापा रहेका छन । भेलाले विभिन्न प्रस्तावहरु परित गरेको छ । कमल थापाको संचालनमा भएको कार्यक्रममा केशव सूर्यवंशी, टोप अस्लामी, अशोक पुन, झम बहादुर गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।
