एच,आई,भी बाट बुवाआमा गुमाएका बालबालिका समस्यामा

Read Time:2 Minute, 19 Second

देब पचभैया

पाल्पा, मंशिर १६
एचआइभीबाट संक्रमित बुवाआमा गुमाएका पाल्पाका १२७ जना बालबालिका समस्यामा छन् । उनीहरु छिमेकी, आफन्तसँग आश्रित हुनु परेको हो ।
अहिलेसम्म ७१ जना बालबालिकाले एचआइभी संक्रमित बुवा र आमा दुबै परिवार गुमाएका छन् भने अरु बालबालिकाले बुवा वा आमामध्ये एक अभिभावक गुमाएका छन् ।
एचआइभी संक्रमित भएका बुवाआमाको मृत्यु भएपछि छिमेकी र आफन्तकोमा प्रभावित बालबालिका आश्रित भएको जिल्ला एड्स समन्वय समिति पाल्पाका संयोजक माधब ज्ञवालीले जानकारी दिए । उनीहरुका प्राथमिक र माध्यमिक तहसम्मको पठनपाठन समेत आफन्तले बेहोरेको ज्ञवालीको भनाईछ ।
प्रतिबद्ध समुह पाल्पाका पुर्ब अध्यक्ष लक्ष्मी कुवरका अनुसार अभिभावक बिहीन भएका १४ जना बालबालिकाले माध्यमिक तहसम्मको अध्ययन् पूरा गरे पछि उच्च शिक्षा भने लिन पाएका छ्रैनन् । पाल्पा जिल्लामा एक वर्षको अवधीमा मात्रै दोब्बरले बढेर दुई सय ६५ जना एचआइभी संक्रमित भएका छन् ।
महिला एक सय ४४ जना र पुरुष एक सय २१ जना रहेका छन् । सन २०१४ देखि २०१५ सम्ममा मृत्यु हुने तीन जना पुरुष र दुई जना महिला गरी पाँच जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत राजेन्द्र प्रसाद घिमिरेले जानकारी दिए ।एचआइभीबाट ३९ जना बालबालिका संक्रमित भएका छन् भने पाल्पामा एआरभी स्वास्थ्य सेवा लिने एक सय ५१ जना छन् ।
पाल्पाका एचआईभी संक्रमितहरू सामूहिक तरकारी तथा पशुपालनबाट आत्मनिर्भर तर्फ उत्मुख भएको सक्रिय सेवा समाजका टीम लिडर लिलाराज भट्टराईले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %