इजरायलमा नेपाली चेलीमाथि अरबिक टेरोरिस्टबाट चक्कु प्रहार

Read Time:3 Minute, 5 Second

इजरायलमा नेपाली चेलीमाथि अरबिक टेरोरिस्टबाट चक्कु प्रहार, अबस्था सामान्य ,राजदूत प्रसाई र काउन्सिलर दाहालद्वारा स्वास्थ्य अबस्थाबारे जानकारी ।

माया घले मगर

आइतवार विहान जेरुशेलममा प्यालेस्टेनी आतंकवादीको चक्कु प्रहारबाट घाइते इश्वरी थपलियालाई अस्पतालले आजै डिस्चार्ज गर्ने तयारी भएपनि अन्तिम समयमा आएर विरामीको अवस्था कमजोर देखिएकाले केही दिन अस्पतालमै राख्न जरुरी देखिएको जनाउदै आज डिस्चार्ज गरेन । यद्यपी उनको अवस्था अहिले चिन्ताचनक नरहेको हाम्रा समाचारदाताले जनाएका छन् । चक्कु प्रहारबाट ढाडमा गहिरो चोट लागेकी थपलियालाई सामान्य उपचार पश्चात चिकिकत्सकले एक साताको वेड रेस्टको सिफारिस सहित आइतवार अपह्रान्न डिस्चार्ज गर्ने तयारी गरेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि चक्कु प्रहारबाट लागेको चोट संक्रमण हुनसक्ने भएकाले केही दिन अस्पतालमै राख्नुपर्ने देखिएको चिकित्सकले बताए पनि एक दुई दिनमा डिस्चार्ज हुने विश्वास घाइते थपलियाको रहेको छ ।

यसैविच इजरायलकालागि नेपाली राजदूत प्रल्हाद कुमार प्रसाई र दूतावासका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालले घाइते थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । राजदूत प्रसाई र काउन्सिलर दाहाल आज अपह्रान्न सरिक सेदेक अस्पताल पुगी घाइते थपलियासँग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । दूतावासका काउन्सिलर दाहालले घाइतेको अवस्था सामान्य रहेको बताउदै करङ भन्दा अलिकति तल चोट लागेको, चोट धेरै गहिरो नभएकाले टाँका लगाउन नपर्ने देखिएकाले सामान्य ड्रेसिङ मात्र गरेको थपलियाको उपचारमा संलग्न चिकित्सकले जानाकारी दिएको हामीसँगको कुराकानीमा बताए ।

जेरुशेलमको केन्द्रिय वस पार्क नजिकै पर्ने रुमेमा भन्ने स्थानमा बस स्टेसनमा बस कुरिरहेको अवस्थामा उनमाथि सो आक्रमण भएको थियो । आक्रमण लगत्तै उनलाई इजरायली एम्वुलेन्स सेवा (मगेन दाविद आदोम)को सहयोगमा सरिक सेदेक अस्पतालमा पुर्याइएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %