देब पचभैया
पाल्पा, मंशिर १३
अर्थमन्त्री बिष्णु पौडेलले नेपाली सिमा वारी भन्दा पारीकाले अवरोध गर्दा नेपालीले समस्या भोग्नु परेको बताएका छन ।
आफुले सुनौलीको भन्सार नाका अवलोकन गर्दा नेपाल तर्फ कुनै पनि प्रकारको अवरोध नपाएको मन्त्री पौडेलले जानकारी दिए ।
बुटवल पाल्पाको सडकखण्डको अवलोकन गर्न आईतबार बिहान दोभान आएका मन्त्री पौडेलले आफुलाई भन्सार प्रमुखले लामो समय देखि सिमा पारी तीन हजार मालबाहक सवारीहरु नेपाल आउन प्रतिक्षा गरेर बसेको जानकारी दिएको मन्त्री पौडेलकाे भनाई छ ।
सिमामा देखिएको अवरोध कहिले सम्म कति बजे खुल्छ भनेर आफुहरु संग पनि कुनै जवाफ नभएको बताउदै अर्थमन्त्री बिष्णु पौडेलले समस्या समाधानको लागी नेपाल सरकारले कुनै कसर बाकी नराखेको दाबी गरे ।
मुलुकमा देखिएको समस्या समाधानका लागी सरकारले राजनैतिक र कुटनैतिक हिशाबले आन्दोलनरत पक्षसंग छलफल र बार्ता भैरहेको र सिमामा भैरहेको अवरोध अन्त्यका लागी छिमेकी मित्रराष्ट्रसंग पहल भैरहेको मन्त्री पौडेलले जानकारी दिए ।
संबिधान सभाले निर्माण गरेको संबिधान लोकतान्त्रिक अन्त्तर बस्तु भएको जिकिर गर्दै मन्त्री पौडेलले यो संबिधानका बारेमा बिभिन्न ठाउमा केही भ्रमहरु रहेकोले त्यसलाई चिर्न आवश्यक रहेको पाैडेलकाे भनाई छ ।
बुटवल पाल्पाको बाटोले धेरै जनधनको क्षति पगेको भन्दै मन्त्री पौडेलले समस्या समाधानको लागी तत्काल यस क्षेत्रमा सुरुङ्ग मार्गको संभाब्यता अध्ययन गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको जानकारी दिदै त्यसको रिपोर्ट आउने बित्तिकै तत्काल काम शुरु गर्न आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा उधोग मन्त्री सोम प्रसाद पाण्डेले बुटवल पाल्पाको सडकलाई ब्यवस्थित बनाएरै छाड्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।
