विप्लव माओवादीले भारतीय गाडी जलायो

Read Time:2 Minute, 13 Second

सोनु थापा मगर

बुटवल, मङसिर ११  विप्लव नेतृत्वको नेकपा माओवादीले रुपन्देहीको बुटवलस्थित प्रथम शहीद लखनचोक चौराहामा एक भारतीय ट्रकमा आगजानी गरेको छ ।

विग्रिएर बसेको गाडीले भारतबाट केरा बोकेर कृषि उपज केन्द्रमा संकलनको लागी ल्याएको थियो । गाडी पूर्ण रुपले ध्वस्त हुनै लाग्दा बल्लतल्ला उपमहानगरपालिकाको बारुणयन्त्र आयो र आगो त निभायो तर आगो कसरी लाग्यो र के कारणले लाग्यो त्यो बुझ्न कसैले सकेनन् ।

यू पी ५६ टी १६०१ नम्बरको उक्त गाडीमा कसरी लाग्यो भन्ने समेत त्यहाँस्थित स्थानीयबासी कसैले पनि शंका गर्न समेत भ्याएनन् । गाडी चालकले अपरिचित व्यक्तिले आएर आगो लगाएको बताए । केही दिन अगाडीमात्रै नेकपा माओवादीले भारतीय नम्बरप्लेटका गाडीहरुलाई नेपाल प्रवेशमा रोक लगाउन चेतावनी दिएको थियो भने केही समय अगाडीमात्रै दाङमा पनि नेकपा माओवादीले यस्तै गाडीमा आगो लगाएको थियो ।

यता नेकपा माओवादीको केन्द्रको घोषित कार्यक्रम अनुसार कारबाही भएको नेकपा माओवादी रुपन्देहीले जनाएको छ । माओवादीका अनुसार अघोषित नाकाबन्दी भन्दै देशलाई अत्यावश्यक ग्यास, पेट्रोल, डिजेल तथा अन्य अत्यावश्यक सामग्रीहरु नपठाउँने कुहिएका सढेगलेका सामग्रीहरुमात्रै देशभित्र पठाउने गरेको कारण नेपाललाई हस्तक्षेप गर्दै आएको हुँदा यस्तो निर्णय लिएको बताइएको छ ।

माओवादीले भारतीय नम्बरप्लेटका गाडीहरु, हिन्दी सिनेमा तथा हिन्दी च्यानलहरु समेत बन्द गर्न आब्हान गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %