कमल चौधरी
बुटवल ,मङसिर ११ – रुपन्देहीमा पहिचान पक्षधर पत्रकारहरुको भेला हुने भएको छ ।
समता मुलक र समाजिक न्यायको लागि संघीयता पक्षधर पत्रकारहरुको साझा मञ्च, संघीय पत्रकार परिषदको दोस्रो राष्ट्रिय भेला रुपन्देहीको मंगलापुरस्थित कृषि विकास तालिम केन्द्रमा हुने परिषदका संयोजक लोकनेश ढेंगाले जानकारी दिए ।
उनले भेला मंसिर १५ र १६ गते हुने निर्णय गरेको जनकारी गराए । उनले भेलामा नेपाल अधिराज्य भरीका लगाभग ३५ जिल्लाबाट पत्रकारहरु सहभागी हुने जनकारी गरे । भेलाले पहिचान र संघीयता पक्षधरको परिषदको नयाँ नेतृत्व चयन गर्ने परिषदका संयोजक लोकनेश ढेंगाले जनकारी गराए ।
