पार्टीले मलाई जहाँ आबश्यक ठान्छ म त्यही काम गर्छु

Read Time:13 Minute, 9 Second

  यही मङसीर १२ गते शनिबार संघीय गणतान्त्रिक जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आठौ जिल्ला अधिवेसन हुँदै छ । यस अबधीमा जिल्लाको नेतृत्व कुशलतापुर्वक पुरा गरेर पार्टी र जनताका लागि एउटा महत्वपुर्ण अध्याय पुरा गर्नुभएका पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गसंग समग्रमा उहाँको कार्यकाल कस्तो रह्यो यस विषयमा समिक्षात्मक रुपमा संवाद गरेका थियौँ ।

उहाँको यस कार्यकालमा देशको समग्र अबस्था महत्वपुर्ण तथा अत्यधिक चुनौतीपुर्ण पनि रह्यो । महत्वपुर्ण तर विषम परिस्थितीमा पनि रुपन्देहीमा पार्टीका तर्फबाट अभिभावकको रुपमा गुरुङ्गले अन्य पार्टी , स्थानिय सरकारी निकाय , संघसंस्था , सञ्चार माध्यम , पार्टी नेता तथा कार्यकर्ताहरुसंगको सम्बन्ध र समन्वय अरु थप उचाईमा पुर्याउन सफल हुनु भएको छ ।

पार्टीको सांगठनिक साथसाथै पार्टी संरचना ब्यबस्थापनमा पनि उहाँको योगदान महत्वपुर्ण रह्यो । र उहाँ स्वयं चाहे जति उच्च योगदान र काम सम्पादन गर्न समय अपर्याप्तता भएता पनि  नराम्रो चाँही केही पनि नगरेको कुरा पनि उपलब्धी मान्नु हुन्छ । प्रस्तुत छ अध्यक्ष झमबहादुर गुरुङसंग राज्यसत्ताको तर्फबाट सनु थापा मगरले गर्नुभएको संवादको संक्षिप्त अंश ।

– तपाइको कार्यकालमा भएका सम्झन योग्य उपलब्धीका कामहरु के –के हुन् ?

सबैभन्दा पहिला त गत बैशाखको भूकम्पमा क्षती भएका विभिन्न ठाउँहरुमा पार्टीको तर्फबाट धेरै – थोरै राहत संकलन र वितरण गर्ने काम गर्यौं ।

यसबाहेक जनताहरुको अधिकार र मुक्तिका लागि पछिल्ला समयमा भएका आन्दोलनहरुमा महत्वपुर्ण भुमिका निर्बाह गरेका छौं । जनतालाई सचेत गराउने प्रयास गर्यौ रुपन्देहीको ७ ओटै निर्बाचन क्षेत्रमा रहेका जनताहरुलाई जागृत गर्ने काम पनि हामिले गर्यौ । सरकारले गरेका विभिन्न गल्तिहरुमा खबरदारी संगसंगै झकझक्याउने काम पनि  गर्यौं ।  जनतालाई सत्तामा रहेका पार्टीहरुले भ्रममा पार्ने काम पटक – पटक भयो र भईरहेको छ यस सन्दर्भमा पनि  शासकहरुलाई खबरदारी र जनतालाई शुसासनका बारेमा बताईरहेका छौं ।  पार्टीको आफ्नै जिल्ला भवन निर्माण कार्य पनि अघि बढिरहेको छ  ।

– यो समितिमा काम गर्न कतिको सजिलो भयो ?

      आन्तरिक रुपमा समिति भित्र कुनै पनि  विवाद नरहेकाले यसमा खासै असहयोग भन्ने रहेन । सबै समितिका साथीहरुका कारणले गर्दा नै आज रुपन्देहीमा पार्टीले राम्रो गर्न सकिरहेको छ ब्यापक जनसमर्थन संगै उचाई लिईरहेको छ । यसकै फलस्वरुप  पछिल्लो निर्बाचनमा  जनताको अत्यधिक माया पाउन सफल भयौं । जसको उदाहरणको रुपमा म स्वयंलाई जनताहरुले त्यती धेरै भोट दिएर सहयोग गर्नु भएकै हो यसमा म पराजित भए पनि  खुसी छु । यसैले गर्दा समग्रमा समिति भित्र काम गर्न त्यस्तो कुनै अप्ठेरो भएन र छैन ।

– तपाईको कार्यकालमा गर्न अधुरा काम के – के रहे ?

         म र समितिका सम्पुर्ण साथीहरु आफ्नो बलबुताले भ्याएसम्मको काम गर्नका लागि खटिरहने क्रममा कहीँ कतै कामहरु पुरा गर्न अझै बाँकी नै छन् । आन्तरिक रुपमा भन्नु पर्दा आफ्नै जिल्ला भवन निर्माण कार्यको बाँकी काम पुरा हुन बाँकी छ ।  जनताको हिसाबमा भन्नु पर्दा जनताको मुक्तिका लागि पहिचान सहितको संघीय संविधान भनेका थियौं त्यो लडाँइ जारी नै छ । यसबाहेक आन्तरिक रुपमा पार्टी सुदृढीकरण र संगठन बिस्तार गर्ने काम अझै बाँकी नै छ । कुनै– कुनै ठाउँमा जनताको मन जित्न सकिएको छैन ति ठाउँहरुमा अझै मेहनतको जरुरी छ । तर जिल्लाको नेतृत्वमा पुनः रहे वा नरहे पनि नयाँ तथा अधुरा कामहरु पुरा गर्नका लागि खटीरहने छु ।

– पार्टीको शिर्ष तहबाट सहयोग कस्तो रह्यो ?

             हाम्रो जिल्ला भित्रको आन्तरिक मामिलामा त्यस्तो अप्रिय खालको कुनै पनि केन्द्रको हस्तक्षेप चाँही रहेन । माथीको सर्कुलर हामीले पालना पनि गरेका छौं । एक वर्ष अगाडी पौष १६ गते “लुम्विनी प्रदेशमा स्वागत छ ” लेखिएका बोर्ड प्रस्तावित लुम्बिनी प्रदेशको चार वटा नाकामा राख्ने क्रममा केही विवादहरु सरकार संग भयो । यस विषयमा हामीले केन्द्रसंग कुनै समन्वय गरेका पनि थिएनौ । तर, पनि माथीबाट त्यस्तो कुनै किसीमको असहयोग रहेन । केन्द्रिय समितिका साथीहरुबाट राम्रो सहयोग रहेको छ ।

– जिल्लामा मसिना गुटबन्दीको बिस्तार भएको देखन्छ नि ?

           राष्ट्रिय पार्टी भएको नाताले  अन्य पार्टी तथा क्षेत्रबाट साथीहरु पार्टीमा आउने क्रम जारी छ जस्ले गर्दा पार्टी फराकिलो भाको छ । यस सन्दर्भमा नयाँ साथिहरुलाई यड्जस्ट हुन गाह्रो हुन सक्छ अन्यथा अरु त्यस्तो केही पनि छैन ।

– आफ्नो कार्यवधीलाई कसरी समिक्षा गर्नुहुन्छ ?

         मैले २०६८ साल  बैशाख १९ गते देखी जिल्लाको नेतृत्व सम्हालेको हुँ । करीब ४ वर्ष ७ महिना काम गरि सकेको छु । अलिकती ईटा थप्ने काम गरेको छु जस्तो लाग्छ । जिल्लामा प्रशिक्षण पनि सञ्चालन गर्ने काम गरे । जनताहरुलाई पार्टीको तर्फबाट सुसुचित गर्ने काम पनि भयो । कुनै – कुनै निर्बाचन क्षेत्रमा पार्टीको उपस्थिती भने जस्तो गरी गर्न सकिएन होला । दोश्रो संविधान सभाको चुनाब पनि भएको कारणले गर्दा पार्टीले गर्नु पर्ने होमवर्क थुप्रै रहे त्यसमा हामीले सक्दो प्रयास गर्यौ। पार्टी भवन बनाउने काम ७० प्रतिशत सम्पन्न गर्यौ । सांगठनिक मजबुतीलाई पनि बिस्तार र सवल बनाउने प्रयास भयो ।  मानवीय नाताले हुने गल्ति र कमीकमजोरीहरु रहे होलान । राम्रो धेरै गर्न नसके पनि नराम्रो चाँही केही पनि गरिएन ।

– मुख्य चुनौतीहरु के– के रहे ?

             राज्यका तहबाट  विभेदमा पारिएकाहरुलाई उठाउन अझै सकिएन । उठाउने अधिक्तम प्रयत्न रह्यो तर चाहे जती उठाउन सकिएन । केही मात्रामा दलित समुदायलाई सचेत बनाउन सक्यौ । आदिवासी , जनजाति , मधेसी , मुस्लिम विभेदमा परेका वर्ग ,क्षेत्र ङ्गि , र समुदायका हक र अधिकारलाई स्थापित गर्ने लडाँई सकिएको छैन ।

 पार्टीले अब कस्तो दिशा र नीति लिनु पर्छ ?

         पार्टीले अझसम्म ईमान्दारिता ब्यबहार देखायो । आफ्नो माग र मुद्दाहरु निकै शालिन ढङ्गले राख्यो । तर अब जनताको अधिकार स्थापितका लागि , विकासका लागि , जनताका हितका लागि पार्टी ठोक्किनु पनि पर्छ ।  पार्टी अब हरेक कुरामा आक्रामक , एग्रेसिभ ढङ्गबाट अगाडी बढ्नु पर्छ । अझ सम्म गाडी फुटालेको छैन , रास्ट्रिय सम्पत्ति वर्वाद गरेको छैन तर पार्टी अब ठोक्किनु पनि पर्छ भन्ने मेरो मान्यता छ । 

– भू.पू.हरुले चलाएको पार्टी भन्छन् , सम्भव छ ?

             भू.पू.हरु जनतासंग परिचित नभएको हुनसक्छ । तर भू.पू.हरु सहनशिल , अनुशासित ,जुझारु , अनुभवी र खारिएका ब्यक्तिहरु हुन् । भू. पू. को  पार्टी भन्न मिल्दैन किनकी भू.पू. पनि जनता नै हुन् । कुनै पनि जनताले पार्टीमा रहेर काम गर्छ भने भू.पू.को अथवा एबीसीडीको मात्र पार्टी भन्न मिल्दैन । भू.पू.हरु  जहिले पनि सत्य र ईमान्दारिताको पक्षमा लड्ने ब्यक्तिहरु हुन् न्यायका पक्षधर हुन् । यसले गर्दा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी पनि यस्तो पार्टी हो जो जनताको मुक्ति र हितका लागि मात्र काम गर्छ यसले गर्दा उनीहरुको भावना बढी मेल खाने भएको नाताले यो पार्टीमा रहेर काम गरेका हुन् र उनीहरुले काम गर्दैमा लाहुरेको पार्टी भन्न मिल्दैन । केही कुरामा कमीकमजोरी हुन सक्छ तर सुधार गरेर लान सक्नु पर्छ ।

– अधिवेसनबाट जिल्लाको फेरी नेतृत्व लिनु हुन्छ ?

         यसमा मेरो केही पनि सोँचाई बनेको छैन । मलाई चाहाना पनि छैन  कि नेतृत्वमा फेरी निरन्तरता नै दिउ भन्ने तर काम चाँही गरिनै रहन्छु । यस सन्दर्भमा कुनै पनि  निर्णय भएको छैन ।  देश संघीयतामा प्रवेश गरेको हुनाले  पार्टीले  मलाई जहाँ आबश्यक ठान्छ म त्यही काम गर्छु ।

– अधिवेशनको तयारी कस्तो छ ?

            पार्टीको आठौं जिल्ला अधिवेशनका लागि तयारी तिब्र गतिमा अगाडी बढीरहेको छ । करीब २ सय प्रतिनीधि , पर्यवेक्षक रहने पक्का भएको छ । खुला सत्र , बन्द सत्र सम्पन्न गर्नका लागि छुट्टाछुट्टै उपसमितिहरु बनाएर  तयारी गरिरहेका छौं । अत्यधिक सफल र भब्य बनाउनका लागि उपसमितिका जिम्मेवारी पाएका साथिहरु पुर्ण मेहनतका साथ खटिरहनु भएको छ ।  

–  अन्त्यमा , अरु भन्न ईच्छा लागेका  विषयहरु ?

        वर्तमान परिवेशमा देश अत्यन्त जिर्ण अबस्थामा छ । यथास्थितीवाद लाद्ने प्रयत्न  हुँदैछ । भ्रष्ट चरित्र भएका ६/६ जना उपप्रधानमन्त्री बनाएर राज्यको ढुकुटीलाई दुरुपयोग गदै छन् नेताहरु यस्तो अबस्थामा जनताहरुले  पनि बुझ्न जरुरी भएको छ । जनता सचेत हुन जरुरी छ । ठुलो पार्टी भन्दै पछि नलागेर जनताका पक्षमा लड्ने नेता  तथा पार्टीलाई देश सुम्पिनु पर्दछ । अहिले जुन समस्या देखिएको छ यो सबै जनताहरुको गलत रोजाईले  गर्दा नै भएको हो । त्यसैले  अब जनता स्वयं सचेत र जागरुक हुन जरुरी छ ।

र जनतालाई शास्ति नदिन र वर्तमान समस्यालाई सही ढङ्गले हल गर्न नेताहरुले प्रयत्न गरुन । यो संगै संघीय गणतान्त्रीक जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आठौं अधिवेसन भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि पार्टी नेता तथा कार्यकर्ता , सम्पुर्ण बुद्धिजीवी , राजनीतिज्ञ ,ब्यापारी , उद्योगी , किसान , मजदुर , सञ्चारकर्मी सबैलाई  अर्थपुर्ण उपस्थितीका लागि आग्रह गर्दछु ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %