मधेश आन्दोलनको १०० दिनको अवसरमा ह्वाइट हाउस अगाडि वृहत प्रर्दशन

Read Time:1 Minute, 33 Second

अमेरिका, ६ मंसिर । मधेश आन्दोलन शुरु भएको १०० दिन पुगेको अवसरमा अमेरिकामा रहेका प्रवासी मधेशी समुदायले वृहत प्रर्दशन गरेका छन् ।

अमेरिकामा रहेको मधेशीहरु साझा संगठन एन्टाको संयोजनमा भएको सो प्रर्दशनमा अमेरिकामा विभिन्न पेशामा कार्यरत रहनु भएका मधेशी समुदायको व्यापक सहभागिता रहेको थियो । प्रवासी मधेशीहरुले अमेरिकाको राष्टपति बस्ने डिसीको ह्वाइट हाउसको अगाडि विभिनन व्यानर लिएर मधेश आन्दोलन प्रति ऐक्यबद्धता, समर्थन र आन्दोलनको क्रममा सहादत प्राप्त गरेका सहिदहरु प्रति श्रद्धान्जली समेत अर्पण गरेका थिए । प्रर्दशनकारीले मधेशीमाथिको दमन रोक, मधेशी माथिको भेदभाव अन्त्य गर, नेपाल सरकारद्धरा मधेशी माथि भई रहेको मानव अधिकार हननको घटना बारे अन्तराष्ट्ीय समुदायलाई बोल्न समेत आग्रह गरे लगायतको ब्यानरहरु प्रर्दशन गरेका थिए ।

करिव ४ घण्टा राष्ट्पति ओबामा निवास ह्वाइट हाउस अगाडि प्रर्दशन गरेको सो प्रर्दशनमा सहभागी भएका युवा अभियान कर्ता सतेन्द्र साहले जानकारी दिनु भयो ।

श्रोत :टुडे खबर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %