-सोनु थापा मगर
बुटवल । संघीय गणतान्त्रिक जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको नियमित बैठक मंसिर ४ गतेका दिन पार्टी कार्यालय भैरहवामा सम्पन्न भयो ।
समितिको अध्यक्ष श्री झम बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको बैठकले जिल्ला समिति रुपन्देहीको आठौं जिल्ला अधिवेशन यही मंसिर १२ गतेको दिन १२ बजे गर्ने निर्णय गरेको छ । उक्त दिनको ११ बजे ड्राईवरटोलमा जम्मा भई विभिन्न झांकी र ¥याली सहित मणिग्राम चोकमा पुगि उद्घाटन समारोहमा परिणत हुने तथा पार्टीको केन्द्रिय तहका नेताहरुले सम्वोधन गर्ने सभामा सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुमा उपस्थितिको लागि अनुरोध समेत गरेको छ । बन्द सत्र कार्यक्रम १३ गते पश्चिमाञ्चल क्षेत्रीय कृषि तालिम केन्द्रमा सम्पन्न गर्ने र उक्त बन्द सत्रमा जिल्लाका ३५० प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहने छ । बैठकमा पाटीका संघीय परिषद सदस्य तथा लुम्विनी ईन्चार्ज अशोक पुन, सं.प.सं दल बहादुर विरकट्टा र सं.प.स. सुर्यकुमार सारु मगरले आ आप्mनो धारणा राखेका थिए।
