देब पचभैया
पाल्पा, मंशिर ४
पश्चिम पाल्पाको पालुङ्गमैनादीमा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । । पालुङ्गमैनादी ५ मा रहेको गढीथान भन्ने जंगलमा सकेट बम भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घास काट्न गएका स्थानिय महिलाले बम जस्तो डल्लो बस्तु देखेपछि स्थानिय मुझुङ्ग प्रहरी चौकीमा खबर गरेका थिए । शुक्रबार बेलुकी शंकास्पद बस्तु भेटिएको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाको निरिक्षण टोलीले सो संकास्पद बस्तु सकेट बम भएको पुष्टी गरे पछि तानसेन स्थित चण्डी प्रसाद गण बाट नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थाल पुगेर डिस्पोज गरेको प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए। मुझुङ्ग प्रहरीचौकीका प्रमुृख प्रहरी सहायक निरिक्षक जगदिस तिमिल्सनाका अनुसार सो बम युद्धकालमा छोडिएको हुन सक्ने र त्यसको बारेमा अनुसन्धान भैरहेको जानकारी दिए ।
