देब पचभैया
पाल्पा, मंसिर ३
आदिवासी जनजाति कर्मचारी संगठन पाल्पाले संगठनका सल्लाहकार एवं पाल्पाका सहायक प्रमूख जिल्ला अधिकारी विष्णुबहादुर घर्तीलाई विदाई गरेको छ । संगठनले सहायक प्रजिअ घर्ती सरुवा भएर कपिलबस्तु जान लागेकोमा पाल्पाबाट विदाई गरेको हो ।
विदाई कार्यक्रममा बोल्दै सहायक प्रमूख जिल्ला अधिकारी घर्तीले आफू जहाँ भए पनि राष्ट्रसेवक कर्मचारी र आम नागरिकको हैसियतले सहयोग गर्ने बताए ।उनले आदिवासी कर्मचारीहरु सक्षम भएर राष्ट सेवामा लाग्नुपर्ने उल्लेख गरे । घर्तीले आदिवासी कर्मचारीको सचेतना र एकताका लागि आफूले सधैँ सहयोग गर्ने बताए ।
उनले पाल्पामा रहदा आफूलाई विभिन्न क्षेत्रबाट सहयोग पु्याउने कर्मचारी, पत्रकार, नागरिकलाई धन्यवाद दिए । कार्यक्रममा संगठनका सचिव हरिबहादुर सारुले आदिवासी जनजाति कर्मचारी संगठनलाई समाजिक संगठनको रुपमा चिनाउने बताए । कार्यक्रम संठगनका उपाध्यक्ष
शौन्दर्यबती शाक्यको सभापतित्व र सदस्य पुष्पा थापाको स्वागतमा सम्पन्न भएको थियो ।
