सुचनाको हक कार्यान्वयनले नागरिकलाई बलियो बनाउछ ः आयुतm बास्कोटा

Read Time:2 Minute, 44 Second

देब पचभैया
पाल्पा, मङ्सिर २ गते

राष्ट्रिय सूचना आयोगका प्रमूख आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकको कार्यान्वयनले नागरिकलाई बलियो बनाउने बताएका छन । उनले सूचनाको हकले दिएका अधिकार प्रयोगले नागरिकलाई बलियो बनाउने र भ्रष्टाचार न्युनीकरण भएर कानुनी राज्यको स्थापनामा सहयोग पुग्ने विस्वास गरेका छन ।

नेपाल पत्रकार महासंघद्वारा बुधबार तानसेनमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नागरिक, पत्रकार र सरकारका अंग मिलेर सूचनाको हक कार्यान्वयन प्रभावकारी बनाउनुपर्ने जोड दिए ।
नागरिकलाई सूचना दिदा अप्ठेरो मान्नुपर्ने अवस्थाबाट पहिले सरकारको निकायहरु मुक्त हुनुपर्ने बताउँदै उनले सूचना दिएर भ्रष्टाचारमा कम हुने, नियमको पालना हुने, स्वविवेकी अधिकार कटौती हुने र नागरिकमा सरकारप्रति विस्वास बढ्दै जाने दावी गरे ।

प्रमूख आयुक्त बास्कोटाले आयोगले सरकारका मातहतका नियकामा कर्मचारीलाई सूचना अधिकारी बनाउने प्रयत्न गरिरहेको बताए । सूचना दिएपछि नराम्रो हुन्छ की भन्ने भयले कर्मचारीले सूचना लुकाउने गरेको बताउँदै आयुतm बास्कोटाले कानुन र संविधानले रोक लगाएका बाहेक अन्य सूचना लुकाउने कर्मचारीलाई कारबाही गरिने बताए । संविधानले उल्लेख गरेको पाँच वटा सूचना बाहेक सबै खालका सूचना नागरिकले मागे दिन सम्बन्धित अधिकारीको प्रमूख जिम्मेवारी हुने उनको भनाई छ ।

असोज ३ गते जारी भएको संविधानको धारा २७ मा सूचनाको हक सम्बन्धी व्यवस्था पर्याप्त नभएकोले संशोधन गर्नुपर्नेमा जोड दिदै सूचनाको हकलाई पत्रकारको हक हो भन्ने भ्रम रहेकोमा यसलाई नागरिकको हकका रुपमा बुझाउनुपर्नेमा जोड दिए ।
पत्रकारले सूचना माग गर्दा पनि लिखित रुपमा माग्न आग्रह गर्दे लिखित आएको सूचनाका आधारमा लेखिएको समाचार यथार्थ र तथ्यपूर्ण हुने बताएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %