देब पचभैया
पाल्पा, मंशिर १
पाल्पाको बराङ्गदी ७ मा आज बिहान बेवारिसे शब भेटिएको छ । तानसेन रानीघाट सडक खण्डको गाईघाट खोलाको गिद्धेगैरा निर स्याङ्गजा आलमदेबी ३ का ५९ बर्षिय शिवलाल बिकको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।
खोलाकिनारको पानीमा घोप्टोपर डुबेको अवस्थामा स्थानियले शब देखेपछि प्रहरीलाई खबर गरेको स्थानिय शिक्षक नल बहादुर साठीघरेले जानकारी दिए ।
मृतक बिक दुई हप्ता अघि देखि नै सम्पर्क बिहिन भएको भन्दै उनका आफन्तले स्थानिय संचारमाध्यममा सुचना जारी गरी खोजबिनको लागी गरेका थिए । दुई हप्ता अघि बिरामी भई पाल्पाको मिशन अस्पतालमा उपचार पछि घर फर्किएकै दिन बिक सम्पर्क बिहिन भएको स्थानियले जानकारी दिएका छन् ।
