जुवाडेबाट लाख बढी बरामद, बरामद रकम जिल्ला अस्पताल र कारागारलाई

Read Time:1 Minute, 51 Second

देब पचभैया

पाल्पा, कार्तिक ३०
हिन्दूहरुको दोस्रो महान पर्व तिहारका बेला जिल्ला प्रहरी कार्यालय पाल्पाले सदरमुकाम तानसेनका विभिन्न स्थानमा जुवा खेल्नेबाट १ लाख भन्दा बढी रकम बरामद गरेको छ ।

सदरमुकाम तानसेनको भुसालडाडा,कैलाशनगर र प्रभास क्षेत्रमा जुवा खेल्ने जुवाडेबाट एक साताको अवधिमा १ लाख ६ हजार ८ सय ९२ रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिका, १० भुसालडाडा क्षेत्रबाट १६ हजार ३ सय २३, कैलानगर क्षेत्रबाट ५९ हजार ८ सय ९०, तानसेन नगरपालिका, ११ प्रभासबाट १९ हजार ६ सय ४६ , कैलाशनगरबाट ९ हजार ५ सय ५५, तानसेन नगरपालिका, १० भुसालडाडाबाट दोस्रो पटक १४ हजार ७ सय ८१ रकम बरामद गरेको प्रहरी नायब उपरिक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।बरामद रकम कारागार, जिल्ला सरकारी अस्पताल लगायत सामाजिक कार्यमा खर्च गरिने प्रहरीले जनाएको छ । जुवाडेलाईसमेत पक्राउ गरि आइन्दा नखेल्ने सर्तनामा गराई छाडिएको प्रहरीको भनाई छ । गतवर्षको तिहारमा चिर्तुङ्धारा गाविस, ८ मा जुवाडे बाट बरामद भएको ४१ हजार ८ सय ७० रुपैया जिल्ला सरकारी अस्पताललाई प्रदान गरिसकेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %