श्रद्धान्जली सभा सम्पन्न

Read Time:1 Minute, 41 Second

सोनु थापा मगर

बुटवल ,कार्तिक २५ – राष्ट्रिय युवा मोर्चा साविक मोतिपुर गाविसका संयोजक युवराज  साठीघरे मगरको १२ औं पुण्यतिथीको अबसरमा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी वडा नं १९ देखी २० ले मंगलबार उहाँको निवास बुटवल उपमहानगरपालीका नहरपुरमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ । 

सभामा संघीय परिषद् सदस्य एवं राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रिय अध्यक्ष  भिम बहादुर रानाले स्व. थापाले पार्टीका लागि पुर्याउनु भएको योगदानको बारेमा चर्चा गरे ।  पार्टीले एक ईमान्दार एवं जुझारु युवा गुमाएकाले यसले देश र पार्टीका लागि ठुलो क्षती भएको बताए । सोही अबसरमा संघीय परिषद् सदस्य होमाया गुरुङ्ग , संघीय एक्सप्रेस अर्धसाप्ताहिकका ब्यबस्थापक वर्णबहादुर थापा लगायतले श्रद्धान्जली ब्यक्त गरेका थिए  ।

सभा संघीय गणतान्त्रिक जनमुक्ति पार्टी वडा नं १९ देखी २० का संयोजक श्याम बहादुर राना मगरको अध्यक्षता तथा राम बहादुर थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । स्व. युबराज थापा मगरको यही कात्तिक १३ गते २९ वर्षको अल्पायुमै दुःखद निधन भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %