बेलायत छन्त्याल संघको आस्फोर्डमा देउसी भैलो कार्यक्रम सम्पन्न

मुकेन छन्त्याल

बेलायत , नोबेम्बर ११ – बेलायत छन्त्याल संघको आयोजनामा बेलायतबासी छन्त्यालहरुले यही ०७ नोभेम्बर शनिवारका दिन बेलायतको आस्फोर्ड शहरमा अबस्थित क्रयाइस चर्च हलमा देउसी-भैलो कार्यक्रम भब्यताका साथ सम्पन्न गरेका छन ।

संघका अध्यक्ष झक बहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव मुकेन छन्त्यालले गरेका थिए ।

नेपाल छन्त्याल युबा संघका निबर्तमान अध्यक्ष तथा बर्तमान सल्लाकार थम बहादुर छन्त्याल र संघका अध्यक्ष झक बहादुर छन्त्याल बाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

छन्त्यालहरु बसोबास गर्ने मुख्य आआफ्नो शहरहरुमा भैलो कार्यक्रम सम्पन्न गर्ने संघले निर्णय गरेता पनि सबै छन्त्याल सदस्यहरुलाई संघले उपस्थितिको लागि निमन्त्रना गरेको थियो । उक्त कार्यक्रममा संघले निशुल्क यातायात तथा बिभिन्न परिकारका खाना लगायत पिय पदार्थको ब्यबस्था गरेको थियो ।

कार्यक्रममा यलिना छन्त्याल,यन्जना छन्त्याल र सिमा छन्त्याल बाट तिहारै आयो लौ झिलिमिली भन्ने बोलको गितमा निर्त्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरन्जन दिन सफल भएका थिए साथै संघका संस्कृती सचिब नरसिंङ छन्त्याल र नेपाल छन्त्याल युबा संघको निबर्तमान अध्यक्ष थम छन्त्याल बाट परम्परागत शैलीमा भैलो भट्ट्याएर उपस्थित सम्पुर्णलाई मातृभूमिको यादमा रमाउने बातबरण सृजना गराउन सफल भएका थिए।

बिभिन्न लोक दोहोरी भाकाका गीतहरु,पन्चेबाजा लगायत तिहारका गीतहरुमा सबैले नाचेर,हासेर अन्त गरिएको उक्त कार्यक्रममा उपस्थित सबैले संघलाई देउसी-भैलोको उपलक्ष्यमा आर्थिक सहयोग गरेका थिए।

(लेखक : बेलायत छन्त्याल संघको महासचिब हुन)

कार्यक्रमका केही झलकहरु: