नेपाल सम्बत्को नयाँ बर्ष ११३६ को अबसरमा हेटौँडामा बिबिध कार्यक्रम

Read Time:4 Minute, 3 Second

अशोक शुजन श्रेष्रठ

हेटौंडा, कार्तिक २५ –  हेटौंडामा प्रबचन कार्यक्रम र झाँकी सहितको साईकल र मोटरसाइकल र्याली निकालिएको हो ।

उद्घाटन कार्यक्रम साँसद लक्षण राजबंशीको प्रमुख आतिथ्य तथा नेपाल सम्बत् ११३६ नयाँ बर्ष आयोजक मूल समारोह समितिका संयोजक बिष्णुगोपाल महर्जनको अध्यक्षतामा कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रमपछि पल्पसा सभागृहबाट नेवारी धिमे बाजा, बैण्ड बाजासहित निकालिएको साईकल र मोटरसाईकलसहितको र्याली हेटौँडा बजारको परिक्रमापछि पल्पसा सभा गृहमै पुगेर बिबिध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

कार्यक्रममै उत्कृष्टहरु र्यालीतर्फ प्रज्ञा महाबिहार हेटौँडा, टोलतर्फ संगमचोक, स्वागत्तर्फ लायन्स क्लब अफ भुटनदेवी र त्रिखण्डेश्वर मन्दिर बिकास समिति घोषणा गरि मायाँको चिनो र कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय तथा काठमाडौँबाट आएका कलाकार तथा किशोर, युवाको नेवाः अर्केष्टा टोलीको पनि प्रस्तुती रहेको थियो । कार्यक्रममा नेवार, गुरुङ्ग, मगर, थारु जातिका प्रतिनिधिले जातीय पहिरनसहित सहभागिता जनाएका थिए भने अन्य जातिका सर्वसाधारणपनि कार्यक्रममा सहभागि थिए । कार्यक्रमअघि नेवारी परम्परा अनुसार टिका लगाई प्रसाद र सगुन वितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रममा नेकपा एमालेका जिल्ला संयोजक रामचन्द्र राई, नेवाः देय् दबु मकवानपुरका अध्यक्ष देवप्रसाद श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा नेवाः साँस्कृतिक पुचः मकवानपुरका सल्लाहकार बीके महर्जनले नेपाल सम्बत्को ईतिहास र महत्वबारे बताएका थिए ।

उद्घाटन कार्यक्रममै एनेकपा माओवादीका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपालका जिल्ला अध्यक्ष नवराज बिष्ट, नेकपा मालेका जिल्ला सचिव भिमसेन महत, राप्रपाका सिताराम बर्तौला, संघीय समाजवादी फोरमका बिद्युत बज्राचार्य, जिल्ला बिकास समिति मकवानपुरका रामकृष्ण थापा लगाएतको आतिथ्य रहेको थियो । र्यालीमा नेपाल आदिबासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष जानकी चौधरी, सहसचिव जंगबहादुर गुरुङ्ग, नेपाल भाषा खलःका अध्यक्ष मंगलकृष्ण मानन्धर लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो ।

नेपाल सम्बत्को नयाँ बर्ष ११३६ कै अवसरमा कात्तिक २५ गते हेटौँडामा सुकुन्दा र्याली र २६ गते आत्म शुद्धीका लागि सामूहिक म्हः अर्थात् आत्मा पूजा गरिने बताईएको छ । नेपाल सम्बत्लाई बिक्रम सम्बत् २०६५ सालमै सरकारले राष्ट्रिय सम्बत्को रुपमा मान्यता दिने निर्णय गरेको थियो । नेपालमा राष्ट्रिय सम्बत्को रुपमा बिक्रम सम्बत्सँगै मानदेब सम्बत्, शंख सम्बत् र नेपाल सम्बत् समेत चलनचल्तीमा ल्याईएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %