दश मिलियनको मगर स्कोलार्शिप फन्ड घोषणा गर्दैछौ -अध्यक्ष पुन

Read Time:5 Minute, 30 Second

राज्यसत्ता ,११ नोवेम्बर ,२०१५
विदेशमा स्थापित मगर संघ संस्थाहरु मध्य अत्यन्त सकृय संस्था मगर संघ यु केले छिट्टै नै शैक्षिक क्षेत्रमा मगरहरुको पहुच पुर्याउने खाले योजना मगर छात्रवृत्ति कोष स्थापनाको घोषणा गर्ने जानकारी राज्यसत्तालाई प्राप्त भएको छ ।

मगर संघ बेलायतले यस् अघी बिभिन्न क्षेत्रमा उधाहरनिय काम सफलता पुर्वक सम्पन्न गरी सकेको छ,सो संस्थाले विदेशीभूमिमा पनि आफ्नो भाषा, कला ,धर्म , संस्कृति,परम्पराका साथसाथै सिङ्गो मगरहरुको विकासका लागि थुप्रै कार्यहरु गरिसकेको छ ,नेपाल मगर संघका भु पु अध्यक्ष ,वरिस्ठ समाजसेवी , नेता गोरेबहादुर खपाङीको उपचारमा होस् वा नेपालको भुकम्प पीडितको लागि अग्रनी भूमिका खेलेको छ । स्थापनाकालदेखि नै मगरहरुको हकहितलगायत विभिन्न क्षेत्रमा लाग्दै आएको मगर संघ यूकेले गतबर्ष मगर भवन खरिद गर्न पनि सफल भयो भने हाल मगर बिद्यार्थीलाई लक्षित गरी करिव १ करोड रुपयाको कोष खदा गर्ने लक्ष्य लिएको जानकारी प्राप्त भएको छ । उक्त स्कोलार्शिप स्किमले  नेपालमा रहेका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार मगर बिद्यार्थीलाई पढाईमा केही टेवा पुर्याउने लक्ष्य रहेको अध्यक्ष दुत पुनले जानकारी दिए ।स्नातकोत्तर (एमए) र विद्यावारिधि (पिएचडी) तहमा मगरहरुलाई अध्ययन गर्न प्रोत्साहन मिलोस् भनेर यो छात्रवृत्ति कोष स्थापना गर्न लागिएको जानकारी पाइएकोले मास्टर्स लेवलका बिद्यार्थीलाई नैइ किन ? यसको सत्ता फाउन्डेसन लेवेल्का स्कुले बिद्यार्थीलाई व्यवस्था गर्न सकिन्न ? भन्ने प्रश्नको उत्तरमा अध्यक्ष पुनले यसबारे पनि छलफल भएको तर यो निक्क्कै नै ब्रिहत ,जतिल भएको कारणले अहिलेको अवस्थामा एमए र पिएचडी तहमै छात्रवृत्ति केन्द्रीत गर्ने भन्ने सल्लाह भएको जानकारी दिए । तर यो छात्रवृत्तिको कार्यक्रम मगर संघ युकेको दीर्घकालिन कार्यक्रम भएकाले आगामी दिनमा संघको नेतृत्वले आवश्कयता हेरी निर्णय गरेर कार्यक्षेत्र विस्तार गर्न वा परिवर्तन गर्न सकिने बताए ।कार्यक्रम बारे जानकारी दिदै पुनले भने” मैले मगर संघ युकेमा बसेर काम गरेकै एकदशक भन्दा बढी भयो । यसरी काम गर्दै जाँदा शैक्षिक क्षेत्रमा मगरहरुको सहभागिता अत्यन्तै कम पाइयो । साक्षारता दर निम्न माध्यमिक र माध्यमिक तहमा अरु जातिसरहकै उपस्थिति भए पनि जति जति उच्च तहमा पुग्दै जान्छन सहभागिता कम्ती कम्ती हुँदै गएको पाइयो । स्नातकभन्दा माथि विश्वविद्यालय तहमा पुग्दा त्यो अनुपात अति नै थोरै हुँदै जाने गरेको देखेँ । त्यसैले राज्यको विभिन्न निकायलाई चाहिने दक्ष र शिक्षित जनशक्ति तयार हुन नसकिरहेको पाएँ । त्यसैले स्नातकोत्तर (एमए) र विद्यावारिधि (पिएचडी) तहमा मगरहरुलाई अध्ययन गर्न प्रोत्साहन मिलोस् भनेर यो छात्रवृत्ति कोष स्थापना गर्न लागिएको हो ।

नेपालमा राज्यका हरेक अंगहरुमा मगरहरुको उपस्थिति न्यून रहेकोले त्यस्ता निकायहरुमा संख्यात्मक बृद्धि होस् भन्ने उद्देश्यले हामीले उच्चशिक्षा अध्ययन गर्न चाहने गरीब तथा जेहेन्दार मगरहरुलाई प्रोत्साहनका लागि यो कार्यक्रम अगाडि ल्याएका हौं जसबाट एकातिर नेपालमा उच्चशिक्षा अध्ययन गरेका मगरहरुको संख्यामा बृद्धि हुन जानेछ भने अर्कोतर्फ राज्यको हरेक अंगमा मगरहरुको पनि उपस्थिति बढ्ने अपेक्षा छ । मगरहरु शिक्षित हुनु नै नेपालीहरु शिक्षित हुनु हो । नेपालीहरु शिक्षित हुनु नै नेपालको विकास तथा समृद्धि हुनु हो” ।

आउँदो २१ नोभेम्बरका दिन अल्डोर्शट शहरमा बृहत् च्यारिटी कार्यक्रमको आयोजना गरी उक्त कोषको सुरुवात गर्ने अधक्ष्य पुनले राज्यसत्तालाई जानकारी गराए ।कार्यक्रममा करिब ३ सयजनाभन्दा बढीको उपस्थिति रहने उनको भनाइ थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %