गोविन्द घर्ती
देवदह कार्तिक २२ । रुपन्देहीको देवदहमा गोली प्रहारबाट एक जना घाईते भएको छ । गोली प्रहारबाट देवदह–निवासी बर्ष २५ का नारायण वस्नेत घाईते भएको प्रहरीले जनाएको छ । देवदहको बुद्धचोक नजिक रहेको पुलहाउसमा रहेका वस्नेतलाई भित्र छिरेर सिधै गोली प्रहार गरिएको थियो । दाहिने खुट्टामा गोली घाईते भएका वस्नेतको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भईरहेको देवदह प्रहरी चौकीले जनाएको छ ।
दाहिने खुट्टामा गोली लागेका घाईत बस्नेतको अवस्था सामान्य रहेको देवदह प्रहरी चौकीका प्रमुख गिरीराज अर्यालले बताए । करिव ११ बजेको समयमा पुलहाउसमा खेलीरहेको अवस्थामा कालो कपडा र हेल्मेट लगाएको एकजना व्यक्तिले सिधै वस्नेत माथि गोली प्रहार गरी फरार भएको प्रत्यक्षदर्शीको भनाई रहेको छ ।
वस्नेत माथि गोली प्रहार गरि तत्काल भागेको पुलहाउसका संचालक मिन गुरुङ्गको भनाई रहेको छ । घाईते वस्नेत ढुगा, गिट्टी, वालुवाको व्यापारी रहेको स्थानीयवासीको भनाई रहेको छ । देवदह क्षेत्रमा यस्ता घटनाहरु पटक पटक भईरहे पनि अहिले सम्म कसैलाई कार्वाही नहुदा अपराधीक क्रियाकलाप बढेको स्थानीयको गुनासो रहेको छ । गोली हानी फरार रहेकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
