गोविन्द घर्ती
देवदह कार्तिक २१ । भाषा विना कुनै पनि जातिको पहिचान हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले भाषा, संस्कार, संस्कृतिको संरक्षणको लागि सवै लाग्नु पर्नेमा जोड दिए । नेपाल मगर युवा संघ देवदह नगरसमितिले मगर संस्कृति संग सम्वन्धीत रैया फिल्लिमको च्यारिटी शोको उद्घाटन कार्यक्रममा बोल्दै उनीहरुले उक्त कुरा बताएका हुन ।
सो अवसरमा बोल्दै नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्टाले भाषिक चलचित्रहरुले भाषा, संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले चलचित्र कर्मीहरुले त्यस तर्फ ध्यान दिनु पर्नेमा जोड दिए । उहाले मनोरञ्जनको लागि मात्र नभई समाज विकासको लागि चलचिचत्र निर्माण गर्नु पर्ने भन्दै चलचित्रको माध्यमबाट चेतना फैलाउनु पर्ने बताए ।
त्यसैगरी सोही कार्यक्रममा बोल्दै रैया चलचित्रका निर्माता तथा नेपाल मगर चलचित्र संघका केन्द्रीय सदस्य तारा थापाले मगर समाजमा रैया गहनाको रुपमा लिने भएकाले सोही विषयलाई लिएर चलचित्र निर्माण गरिएको बताए । मेजन पुनद्धारा लेखन तथा निर्देशक मगर संस्कृति संग सम्वन्धीत चलचित्र रैया देवदहमा ३ शो प्रदर्शन गरिएको थियो । रैया चलचित्रको च्यारिटी शोमा देवदह क्षेत्रमा बसोवास गर्ने मगर तथा अमगरुहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । नेपाल मगर युवा
