नाकाबन्दीकाे फाइदा

Read Time:2 Minute, 27 Second

गोविन्द घर्ती

देवदह कार्तिक २१ । भारतले अघोषित रुपमा गरेको नाका वन्दीको फाईदा उठाउदै रुपन्देहीको देवदह क्षेत्रमा पेट्रोलियम पदार्थमा कालोबजारी बढेको छ । भारतको नाकामा गई सस्तो मूल्यमा ल्याउने र देवदहको खैरेनी बजारमा ल्याएर मंहगो मूल्यमा विक्रिगरी पेट्रोलियम पदार्थमा कालोबजारी गरेको हो । रुपन्देहीको देवदह खैरेनी बजारमा ३ सय ८५ लिटर पेट्रोलियम पदार्थ प्रहरीद्धारा पक्राउ गरिएपछि कालोबजारी भएको वाहिर आएको हो । देवदह प्रहरी चौकीको गस्ती टोलीले खैरेनी बजारमा ८ वटा साईकलमा विक्रि गर्न ल्याउदै गरेको डिजल र पेट्रोल गरी करिव ३ सय ८५ लिटर प्रक्राउ गरी स्थानीय सवारी साधनलाई वितरण गरेको छ ।
देवदह क्षेत्रबाट संचालन हुने सार्वजनिक सवारी साधन, ट्रयाक्टर गरी ३२ वटा सवारी साधनलाई पक्राउ गरिएको पेट्रोलियम पदार्थ साविक मूल्यमा वितरण गरेको देवदह प्रहरी चौकीका प्रमुख गिरीराज अर्यालले बताए । उहाका अनुसार प्रत्यक्ष रुपमा सम्पर्क गरी ल्याउनेलाई आफुहरुले कुनै कार्वाही नगरेको र कालोवजारी गर्नेहरुलाई कार्वाही स्वरुप पक्राउ गरी साविक मूल्यमा सवारी साधनलाई वितरण गर्दै आएको प्रमुख अर्यालले बताए ।
सिमानाकाबाट सस्तो मूल्यमा पेट्रोलियम पदार्थ ल्याई बढि मूल्यमा विक्रि गरी कालोबजारी गरेकोले कार्वाही स्वरुप साविक मूल्यमा सार्वजनिक सवारी साधनलाई वितरण गर्दै आएको प्रमुख गिरीले बताए । कालोबजारी गर्नेहरु संग आमनागरिकले कारोवार नगर्न र त्यस्तो कालोबजारी गरेको थाहा पाएमा प्रहरीलाई खवर गर्न समेत प्रमुख गिरीले आग्रह गरेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %