उधोगको निजिकरण गरेर देशको बिकास हुदैनः मन्त्री पाण्डे

Read Time:2 Minute, 19 Second

देब पचभैया

पाल्पा, कात्तिक २१
उद्योग मन्त्री सोमप्रसाद पाण्डेले उद्योगको नीजिकरणले देशको विकास नहुने बताएका छन । सरकारको अनुदानमा संचालित उद्योग नीजिकरण गरेर देशलाई फाइदा नहुने बरु घाटा हुने मन्त्री पाण्डेको दावी छ ।
पत्रकार महासंघ पाल्पा पाल्पा द्धारा शनिबार बिहान आयोजित भेटघाटमा बोल्दै मन्त्री पाण्डेले बासबारी छाला उद्योग र भृकुटी कागज उद्योग नीजिकरण गरेर झन बन्द भएको बताए । उद्योग संचालन गर्दा देशमा रोजगारको व्यवस्थापन र स्वदेशी उत्पादन हुने भन्दै उहाले भएका उधोगलाई नीजिकरण गर्दा झन् बन्द भएको उल्लेख गरे ।
अहिले राष्ट्रिय संकट परेका बेला उद्योगी व्यवसाय समेत धरासायी भएको बताउँदै बैकल्पिक बाटो अपनाएर उद्योग संचालनको लागी सरकार गम्भीर रहेको बताउनुभयो । संविधान जारी भएपनि मधेशको समस्या र त्यसमाथि भारतले गरेको नाकाबन्दीका कारण देशका उद्योगी व्यवसायी अप्ठेरोमा परेको उहाको भनाई छ ।
मन्त्री पाण्डेले विश्वमा ९० प्रतिशत भन्दा बढी संविधानसभाका सदस्यले संविधान बनाएको उदाहरण कही पनि नभएको दाबी गर्दै केही कमीकमजोरी सच्चिदैँ अघि बढ्नुपर्नेमा जोड दिए । उहाँले नेपालको इन्धन समस्या समाधान गर्न कुटनैतिक रुपमा पहल भईरहेको जानकारी दिदैँ छिट्टै समस्या समाधान हुने विस्वास गरे ।
उद्योग स्थापनामा सरकारले लगानी गरेको तर त्यसको प्रतिफल कम आएकोप्रति आफू सचेत रहेको र सरकार घाटामा जाने गरी उद्योगव्यवसाय क्षेत्रमा सरकारले भौतिक पूर्वाधार निर्माणमा लगानी नगर्ने मन्त्री पाण्डेको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %