नाकाबन्दी रोक्न भारतले नमानेपछि बाध्य भएर अन्र्तराष्ट्रियकरण गर्र्योः मन्त्री पाण्डे

Read Time:1 Minute, 58 Second

बिदेशी दबाबमा सरकार झुक्दैन

देब पचभैया

कार्तिक २०

उधोग मन्त्री सोमप्रसाद पाण्डेले भारतले गरेको नाकाबन्दी रोक्न नेपाल सरकारले गरेको अनुरोध नमानेपछि बाध्य भएर अन्र्तराष्ट्रियकरण गर्नुपरेको बताएका छन । उपप्रधानमन्त्री एबं परराष्ट्र मन्त्री कमल थापा भारतमै गएर नाकाबन्दी रोक्न आग्रह गरेपनि भारतले नमानेपछि बाध्य भएर जेनेभाको कार्यक्रम मार्फत नेपालले भोग्नुपरेको समस्याको बारेमा अन्र्तराष्ट्रियकरण गरिएको मन्त्री पान्डेकाे भनाई छ ।

गृह जिल्ला पाल्पाको तानसेनमा शुक्रबार चियापान एबं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी मन्त्री पाण्डेले भारतको नाकाबन्दी धेरै समय नटिक्ने दाबी गरे । कुटनितिक ढंगबाट समस्या समाधानको निम्ति अन्य राष्ट्रहरु संग पनि बार्ता, छलफल र कुराकानी अगाडी बढाएकाले छिट्टै समस्या समाधान हुने बिश्वास छ ।

नेपाली जनताले बनाएको संबिधानलाई लिएर कुनै पनि देशले हस्तक्षेप गर्न खोजेपनि बर्तमान सरकार बिदेशी दबाब सामु नझुक्ने मन्त्री पाण्डेले प्रतिबद्धता जनाए । उक्साहटमा नलागी देश र जनताको लागी लडिरहने उहाको भनाई छ । बिदेशी दबाब सामु नझुक्न जनताले खबरदारी गरिरहेको भन्दै मन्त्री पाण्डेले बर्तमान सरकार नेपाल र नेपालीको हित हुने मात्रै काम गर्ने बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %