भूमिगत पानीलाई व्यवस्थित गर्न नसक्दा स्थानियवासीलाइ समस्या

Read Time:3 Minute, 40 Second

गोविन्द घर्ती

देववदह कार्तिक १९ । देवदह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले रुपन्देहीको देवदह–६, कोलुवामा निकालेको भूमिगत पानीलाई व्यवस्थित गर्न नसक्दा बाटो भत्किनुको साथै आवात जावतमा समेत समस्या भएको छ ।

भूमिगतबाट निकालिएको पानीलाई सही तरिकाले व्यवस्थित गर्न नसक्दा राजमार्ग देखि कोलुवा जाने बाटोमा हिलो हुनको साथै बाटो भत्किएकोले आवात जावतमा समेत समस्या भएको हो । भूमिगतबाट निस्केको पानीलाई दाउन्ने देखि ल्याएको पानीको ट्यांकीमा मिसाईने भनियता पनि त्यो काम अहिले सम्म पुरा हुन सकेको छैन । देवदह खानेपानी सरसफाई उपभोक्ता समितिले करिव ३५ लाख खर्चेर उक्त भूमिगत पानी निकालेको हो । आम नागरिकको पैसाबाट निकालिएको पानी अहिले सम्म व्यवस्थित गर्न नसक्दा पानीले बाटोमा नोक्सान पु¥याएको स्थानीयवासीको भनाई रहेको छ । भूमिगत पानीको व्यवस्थापन गर्न चाहिने जग्गा प्रदान गरे पानीको व्यवस्था तत्काल गर्ने भनिएता पनि अहिले सम्म सो कार्य नगरेको स्थानीयवासी चक्रपाणी न्यौपानेले बताए । खानेपानी उपभोक्ता समितिले भूमिगत पानीलाई व्यवस्थित नगर्दा आवात जावतमा समेत समस्या भएको स्थानीयवासी गुरुदत्त न्यौपानेको भनाई रहेको छ । न्यौपानेले खानेपानीले तत्काल अव्यस्थित पानीलाई व्यवस्थित गरी बाटोको मर्मत संभार गर्नु पर्नेमा जोड दिए ।

भूमिगत पानीलाई खानेपानी उपभोक्ता समितिले व्यवस्थित नगरी वेवारिसे अवस्थामा फाल्दा आफुहरुले लगाएको बोट विरुवा समेत मर्ने गरेको कलुवा दैविप्रकोप पुर्व तयारी समितिका अध्यक्ष विमला दर्लामीमीको भनाई रहेको छ । खानेपानीको लागि छुट्याईएको जग्गा समेत व्यवस्थित नगर्दा वृक्षारोपणमा गाई भैसी गई बोटविरुवामा नोक्सानी पु¥याएको अध्यक्ष दर्लामीले बताए ।

तत्काल पानीलाई व्यवस्थित गरी हानी नोक्सानी हुनबाट बचाउन देवदह खानेपानी उपभोक्ता समिति लाग्नु पर्ने अध्यक्ष दर्लामीको जोड रहेको छ । उता देवदह खानेपानी उपभोक्ता समितिका अध्यक्ष जसमान गुरुङ्ग र सचिव नमराज पुरीले भने विद्युतका कारण पानीलाई तत्काल व्यवस्थित गर्न नसकिएको बताएका छन । भूमिगत रुपमा निकालिएको पानीलाई दाउन्नेबाट आएको पानीको पाईपमा मिसाउन मोटर जडान गर्नुपर्ने भएता पनि विद्युतको समस्या रहेको र केही दिनभित्र सो समस्या समाधान गरिने अध्यक्ष गुरुङ्ग र सचिव पुरी बताउछन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %