समावेशी निजामती सेवाकालागि अभिमुखीकरण

Read Time:2 Minute, 32 Second

देब पचभैया

कार्तिक१८, पाल्पा

समावेशी निजामती सेवाको लागि लोक सेवा आयोगद्धारा लिइने शाखा अधिकृत परीक्षा तयारी अभिमुखीकरण तालिम बुधबार देखि तानसेन बहुमुखी क्याम्पस, पाल्पामा सुरु भएको छ । तालिम उद्घाटन कार्यक्रममा बोल्दै सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेलले व्यक्तिमा अन्तर्निहित भावना प्रस्फुटन गर्न तालिम आयोजना गरिएको जानकारी दिए । उहाले निजामती सेवामा शैक्षिक बेराजगार जनशक्तिलाई आकर्षण गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए ।

क्याम्पसका संस्थापक संरक्षक डा.राम प्रसाद ज्ञवालीले मेहनत विना फलको आशा गर्नु निरर्थक रहेकोले एकाग्रता पूर्वक मेहनत गर्न सहभागीलाई आग्रह गरेका थिए । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर घर्तीले निजामती सेवा प्रवेशकालागि अन्तरमनदेखी लागेर तयारी गर्नुपर्नेमा जोड दिए ।

प्रहरी नायव उपरीक्षक सुमन कुमार तिमिल्सिनाले देश विकासमा लाग्नुपर्ने युवाहरु विदेशिनु विडम्बना भएकोले शैक्षिक चेतनास्तर वृद्धि हुनु जरुरी रहेको बताए ।

यु एन डी पिका क्षमता विकास विज्ञ नारायण श्रेष्ठले सार्वजनिक सेवा प्रवाहलाई चुस्त एवं दुरुस्त बनाईराख्न युवा शक्तिलाई देशमै स्थापित गर्नुपर्नेमा जोड दिए । क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले क्याम्पसको सामाजिक सेवा अन्तर्गत सामान्य प्रशासन मन्त्रालय, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र यु एन डी पिको सहयोगमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । ७ दिनसम्म सञ्चालन हुने तालिममा एक सय बढीको सहभागिता रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %