देब पचभैया
पाल्पा, कार्तिक १८
सातौ राष्ट्रिय खेलकुद जिल्ला छनौट प्रतियोगितामा मदरल्याण्ड तेक्वाण्डो डोजाङ्ग पाल्पाबाट प्रथम, द्धितिय र तृतिय हुने सात जना खेलाडीहरु सम्मानित भएका छन् । बुधबार मदरल्याण्ड डोजाङ्ग रहेको कैलाशनगरमा एक कार्यक्रमका बिच उनीहरुलाई सम्मान गरिएको हो ।
छनोट प्रतियोगितामा महिला तर्फ ४१ देखि ४५ के जी समुहमा सुजता श्रेष्ठ प्रथम, सन्जना हितङ्गा तृतिय र ५५ देखि ६० केजीतर्फ प्रेमकला राना प्रथम भएकी थिईन् ।
त्यस्तै पुरुष तर्फ ४५ केजि देखि ५० सम्ममा प्रभात कार्की प्रथम, ७५ केजि देखि ८० सम्ममा प्रकाश गिरि प्रथम, ५० देखि ५५ केजि सम्ममा नरेश पुर्बे द्धितिय, सोही समुहमै राजाबाव शाह तृतिय भएका थिए ।
बिजेता खेलाडीहरुलाई मेडल, प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा आई टि एफ तेक्वाण्डो पाल्पाका सल्लाहकार एबं पुर्ब तेक्वाण्डो खेलाडी देब पचभैया, समाज सेवी ईन्द्रबहादुृर रावल, पाल्पा उधोग बाणिज्य संघका सचिब दिपक पाण्डे, स्थानिय झबि खराल, भगवती गैरे, भारती हमाल लगाएतले जिल्लामा बिजेता भएका खेलाडीहरुलाई बधाई दिदै सातौ राष्ट्रिय प्रतियोगितामा सफलताको कामना गरेका थिए ।
आई टि एफ तेक्वाण्डो पाल्पाका कोषाध्यक्ष एबं मदरल्याण्ड डोजाङ्गकी प्रशिक्षक सन्जु कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई सुजता श्रेष्ठले स्वागत गरेका थिए । किरण कार्कीले कार्यक्रमको संचालन गरेका थिए ।
