संघीय जनमुक्तिको पाल्पा तराई सम्पर्क मञ्चको भेटघाट सम्पन्न

Read Time:2 Minute, 11 Second

गोविन्द घर्ती

रुपन्देही, कार्तिक १३ – संघीय जनमुक्ति पार्टी निकट पाल्पा तराई सम्पर्क मञ्चको भेटघाट तथा बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।

संघीय जनमुक्ति पार्टी पाल्पाका जिल्ला अध्यक्ष खुमबहादुर सिंजालीको अध्यक्षता र पार्टीका महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यतामा भेटघाट तथा बैठक सम्पन्न भएको हो । सोही अवसरमा बोल्दै महासचिव सूर्यवंशीले संविधान जारी भईसकेको हुदा अव ताजा जनादेशका लागि संघीय संसदको निर्वाचनमा जानु पर्नेमा जोड दिए ।

उनले अहिले देशमा देखिएको समस्यालाई सरकार र आन्दोलनरत पक्ष वीच सहमति खोजी छिट्टै निकास निकाल्नु पर्ने बताए । भेलामा पार्टीका उपमहासचिव टोप अस्लामी, संघीय परिषद सदस्य तथा लुम्विनी ईन्चार्ज अशोक पुन, संघीय परिषद सदस्य हरिदेव थापा, धनीआले, गीता सारु, शंकर गाहा लगायतले आ–आफना भनाई राखेका थिए ।

भेलाले पौष ४ गते रुपन्देहीको बुटललमा आभ भेला गर्ने निर्णय गरेको छ । भेलालाई व्यवस्थित गर्न वालकिशोर रानाको संयोजकत्वमा १३ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ । त्यसैगरी आर्थिक संयोजकमा थर्कबहशादुर वारघरे रहेका छन ।

अन्य सदस्यहरुमा हुमबहादुर डिसुवा, गोपाल चौहान, गीता सारु, बलिराम थापा, नारायणी पाटा, शोभा आले, विरेन्द्र अस्लामी, विष्णुमाया राना, उजीरसिं दर्लामी, गुद्दी थापा, बसन्ती साठीघरे रहेका छन । वालकिशोर रानाको संचालनमा भेला सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %