माया घले मगर
इजरायल, अक्टुबर २९ – पर्वत सेवा समाज इजरायलद्वारा मृगौला पिडित कृष्ण विकलाई पौने ३ लाख सहयोग हस्तान्तरण गरिएको छ ।
‘वाध्यताले देखायो प्रदेशको वाटो नभुल्नु कसैले जन्मेको माटो’ भन्ने नाराका साथ इजरायलमा रहेका पश्चिम नेपालको पर्वत जील्लावासीहरुद्वारा पर्वत जिल्लाको हितको खातिर स्थापना गरिएको पर्वत सेवा समाज इजरायलले दुवै मृगौला काम नगर्ने भइ जीवन मरणको दोसाधमा रहेका २८ बर्षिय कृष्ण विकको उपचारार्थ २ लाख ७१ हजार नौ सय ७० रुपैयाँ हस्तान्तरण गरेको छ ।
पर्वत सेवा समाज इजरायलले आज एक विशेष समारोहको आयोजना गरी सल्लाहकार सिमा श्रेष्ठ र पर्वत जिल्लाका पत्रकाहरुको उपस्थितिमा सल्लाहकार सिमा श्रेष्ठले सो रकम हस्तान्तरण गरेकी थिइन ।
पर्वत जिल्लाको नाङ्लीबांङ् गाविस वार्ड नम्बर ६ निवासी निम्न परिवारका २८ बर्षिया कृष्ण बिक दुवै मिर्गौला फेल भई जीवन मरणको दोसाधमा अस्पतालमा उपचाररत छन् । मिर्गौला प्रत्यारोपण गर्न चाहेर पनि आर्थिक अभाबका कारण समस्या भइ रहेको अवस्थालाई मध्यनजर गर्दै मिर्गौला प्रत्यारोपणकोलागि थप सहयोग पुगोस भन्ने उदेश्यले पर्वत सेवा समाज इजरायल र संस्थाकी सक्रिय सदस्य हिरा देबी श्रेष्ठ र रमा जोशीको सक्रियतामा इजरायलवासी नेपालीहरुबाट संकलिन गरिएको एक लाख ५९ हजार दुई सय ९६ रुपैयाँ र अमेरिकामा रहदै आएका गंगा राजेन्द्र श्रेष्ठको पहलमा अमेरिकामा रहदै आइरहेका विभिन्न्न सहयोगी मनहरुबाट संकलन गरिएको १ लाख १२ हजार ६ सय ७० रुपैया गरी कुल २ लाख ७१ हजार ९ सय ७० रुपैया विक परिवारलाई हस्तान्तरण गरिएको थियो ।
पर्वत सेवा समाज इजरायलले मृत्युको मुखमा पुगेको पिडित विकको जीवनरक्षार्थ अन्तरमनले सहयोग गर्नुहुने सम्पूर्ण इजरायलवासी नेपालीहरु तथा अमेरिकामा बस्दै आउनु भएका गंगा, राजेन्द्र श्रेष्ठ लगायत सम्पूर्ण सहयोगीहरुप्रति हार्दिक आभार प्रकट गर्दै सहयोगी मनहरुलाई ईश्वरले सदैब एवम् रितले दुखि पिडितहरुको साहरा बन्ने शक्ति प्रदान गरोस् भन्ने सुभेच्छा प्रकट गरेको छ ।
मातृभुमीमा रहेका दुखि पिडित असहायहरुको केही गरौं भन्ने भावनाबाट ओतप्रोत भई स्थापना भएको पर्वत सेवा समाज इजरायलले स्थापनाको छोटो समयमा नै उल्लेख्य सहयोग गर्दै आइरहेको छ ।
सहयोगी हरुको नामावाली यस प्रकार छ :
०१. हिरा देवी श्रेष्ठ लिमि थापाठाना ३ हटिया २०० सेकल ५३६०/-
०२. रमा जोशी कुश्मा अर्मादी २०० सेकल ५३६०/-
०३. राधा जोशी कुश्मा अर्मादी २०० सेकल ५३६०/-
०४. कुसुम कुमाल कुश्मा ८, २०० सेकल ५३६०/-
०५. एक नारायण सुबेदी कुश्मा १५, २०० सेकल ५३६०/-
०६. अनि रुद्र सुबेदी कुश्मा १५, २०० सेकल ५५१२/-
०७. मंजु गुरुङ भूक देउराली १०१ सेकल २७०७/-
०८. नरेन्द्र छेत्री भंगरा गा.बि.स. २०१ सेकल ५४०८/-
०९. दिपक छेत्री नाङ्ग्लिबाङ्ग ४, १५० सेकल ४०२०/-
१०. भोजराज छेत्री राम्जा ८, १०० सेकल २६८०/-
११. निर्मला श्रेष्ठ लिमिठाना ७, १०० सेकल २६८०/-
१२. मिरा श्रेष्ठ कुश्मा १०० सेकल २६८०/-
१३. अर्जुन सावित्री पौडेल कुश्मा १८, १३१ सेकल ३५११/-
१४. गणेश श्रेष्ठ कुश्मा १०० सेकल २६८०/-
१५. दिपिका भुसाल पाङ्गराङ्ग ०५, १०० सेकल २६८०/-
१६. राजेन्द्र लामिछाने ठुलीपोखरी १०० सेकल २६८०/-
१७. नारायण गौडेल फलेबास १०० सेकल २६८०/-
१८. दिया तिवारी कुश्मा १६, १०० सेकल २६८०/-
१९. कोपिला भुसाल फलेबास १०० सेकल २६८०/-
२०. हिमाली गुरुङ राम्जा देउराली ४, १०० सेकल २६८०/-
२१. सुशिला हमाल कुश्मा १०० सेकल २६८०/-
२२. सान्ता सुबेदी ठुलीपोखरी ७, १०१ सेकल २७०७/-
२३. कृष्ण लम्साल चित्रे ०६, २०५ सेकल ५४९५/-
२४. डिक कुमार गुरुङ खाल्टे १०० सेकल २६८०/-
२५. सिमा श्रेष्ठ कुश्मा १०० सेकल २६८०/-
२६. ओबी मैया भुसाल पाङ्गराङ्ग ०५, २०० सेकल ५३६०/-
२७. सन्तोष श्रेष्ठ धनकुटा १९४ सेकल ५२००/-
२८. धना खत्री बागलुंग २०१ सेकल ५४०८/-
२९.बिमला खड्का नुवाकोट २०० सेकल ५३६०/-
२९. सुनिता के.सी. बुटवल १५० सेकल ४०२०/-
३०. चन्द्रा छेत्री काठमाण्डौ १०० सेकल २६८०/-
३१. मोहन पुरी कावसोती १०० सेकल २६८०/-
३२. मिना बुडाथोकी काठमाण्डौ १०० सेकल २६८०/-
३३. शिला श्रेष्ठ अरुणखोला १०० सेकल २६८०/-
३४. योगेन गुरुङ मोरंग १०० सेकल २६८०/-
३५. सीता गौतम झापा ५० सेकल १३४०/-
३६. जयन्ति भण्डारी काठमाण्डौ ५० सेकल १३४०/-
३७. कृष्ण ज्ञवाली काठमाण्डौ ५० सेकल १३४०/-
३८. प्रेम नेपाल मोरंग ५० सेकल १३४०/-
३९. लिला राम पनौती ५१ सेकल १३६७/-
४०. रूजा थापा इटहरी ५१ सेकल १३६७/-
४१. सारदा खरेल झापा ५१ सेकल १३६७/-
४२. सरस्वती बुडाथोकी काठमाण्डौ ५० सेकल १३४०/-
४३. यांग्जी शेर्पा नुवाकोट १०० सेकल २६८०/-
४४. ममिता लामा बनेपा १०० सेकल २६८०/-
४५. रमिला लामा बनेपा १०० सेकल २६८०/-
४६. दावा शेर्पा पोखरा १०० सेकल २६८०/-
४७. राजु बिक चितवन १०० सेकल २६८०/-
४८. यसोदा थापा इस्रैल १०० सेकल २६८०/-
४९. अम्बिका सुबेदी हेटौडा १०० सेकल २६८०/- र
५०. सुनिता के.सी. बुटवल १५० सेकल ४०२०/- सहयोग गरेका छन् ।