राज्यसत्ता,
पोखरा, ११ कात्तिक । नागरीक समाज पोखराले पोखरामा इन्धनको अभाव, कालोबजारी र सुरक्षा स्थितिको विषयमा जिल्ला प्रहरी कार्यलय कास्की र जिल्ला प्रशासन कार्यलय कास्कीमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेलको नेतृत्वमा मानवअधिकारकर्मी र पत्रकार सहितको टोलीले कास्कीका प्रहरी प्रमुख एसपी हरी बहादुर पाल र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतलाई ध्यानार्षण पत्र बुझाएको छ ।
इन्धन अभावमा नागरीकले भोगेको नियति र सुरक्षा स्थिति, इन्धन वितरण प्रक्रियामा भएको लापरवाहि रोक्नुपर्ने, कालोबजारी भएको गुनासो आएकाले अनुसन्धान गर्नुपर्ने, एकै समयमा सबै पेट्रोल पम्पमा इन्धन वितरण गर्नुपर्ने, रातीको समयमा इन्धन वितरण गर्दा महिला र सव्य नागरीक लाई असुविधा भइ मानवअधिकार उल्लङघन भएको भन्दै दिउसोमा इन्धन वितरणको व्यवस्था मिलाउन ध्यानाकर्षण पत्र बुझाएको नागरीक समाज पोखराका संयोजक राम बहादुर पौडेलले बताउनुभयो ।
यस्तै नागरीक समाजले विगत २०६७ साल देखि सुरु गरेको कास्कीलाई पटका मुक्त क्षेत्र यस वर्ष पनि निरन्तरता दिने पौडेलले बताउनु भयो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी राउतले दिउसोको समयमा इन्धन वितरणको व्यवस्था मिलाउन पहल गर्ने आश्वासन दिनुभयो । यस्तै एसपी हरी पालले मातहतका निकायमा निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरीले गैरजिम्मेवारी रुपमा पम्पमा गइ अरुको मोटरसाइकलमा पेट्रोल लिएको जानकारी पाए आफुले कारबाहि गर्ने पालको भनाइ छ ।
