देब पचभैया
पाल्पा, कार्तिक ११
पाल्पाका ग्रामिण भेगमा चल्ने जिप तथा बसहरुले मनपरि भाडा लिएका छन् । सधै ५० रुपियामा आउ जाउ गर्नेहरु अहिले ५०० रुपिया सम्म तिर्न बाध्य छन् । तेलको अभाब हुदा आफैले महंगोमा किन्नुपरेको भन्दै गाडीवालाहरुले मनपरि भाडा लिएको गुनासो आएको छ ।
सदरमुकाम तानसेन देखि पश्चिम पाल्पाको छहरा सम्मको २३ किलो मिटर दुरीको यात्रामा पहिले ५० रुपिया तिरे पुग्नेमा अहिले तीन सय देखि पाच सय सम्म भाडा असुलेका छन् । यो रुटमा चिनेका मान्छेलाई तीन सय र नचिनेकालाई पाच सय लिएको स्थानिय महेन्द्र दर्नालले जानकारी दिए ।
मंगलबार आफु तानसेन आउदा पाच सय तिरेको तर आफ्नै भाई बुधबार तानसेन आउदा तीन सय भाडा लिएको दर्नालको भनाई छ ।
तानसेन रामपुरमा चल्ने जिप तथा बसले पनि तेब्बर सम्म भाडा लिएका छन् । ६० किलोमिटरको यो बाटोमा दुई सय पचासमा आउ जाउ गर्नेहरु अहिले सात सय बढी भाडा तिर्न बाध्य भएका छन् । पाल्पाका ग्रामिण भेगमा चल्ने जिप तथा बसहरुले यसरीनै मनपरि भाडा उठाईरहेका छन् ।
तानसेन फेकको २० किलोमिटरको दुरीको बाटोमा पहिले ८० रुपियामा भाडा लाग्नेमा अहिले तीन सय देखि पाच सय सम्म भाडा पुगेको स्थानिय अनिल पौडेलले जानकारी दिए । जिल्लामा चल्ने गाडीहरुले मनपरि भाडा लिएपनि प्रहरीले भने उजुरी नआएको बताएको छ ।
उजुरी आए तत्काल कारबाही प्रहरीको भनाई छ ।
