२५ लाखको अक्षयकोष स्थापना

Read Time:2 Minute, 56 Second

मिना थापा मगर

म्याग्दी,कार्तिक  १०- बेगखोला गाविस अन्र्तगत श्री महादेव मा.वि.को कम्प्यूटर शिक्षक र निजी शिक्षकको तलबको लागि गाविसको बजेट र गाउँबासीबाट आर्थिक संकलन गर्नु पर्दथ्यो ।

र, यसरी गाउँबाट आर्थिक संकलन तथा गाउँबासीहरुबाट शिक्षकको लागि आर्थिक संकलन गरिरहनु पर्ने बाध्यताको कारण बेगखोला गाविसबाट बेलायतमा बसोबास गर्ने बेगखोलेहरुको साझा संस्था बेगखोला कल्याणकारी समाज उपशाखा बेलायतको वार्षिक भेटघाट कार्यक्रममा यस सम्बन्धी छलफल गरि गाउँको बजेट र गाउँबासीले आर्थिक संकलन गर्नु नपर्ने गरि एक अक्षयकोषको परिकल्पना गरि   यसका अध्यक्ष योगकुमार फगामीको संक्रियतामा अर्थ संकलन गर्दा बेगखोलाबाट देश/विदेशमा बसोबास गरिरहनु हुने बेगखोलेहरुको संस्थागत तथा व्यक्तिगत रुपमा अर्थ संकलन गर्दा २५ लाखको अर्थ संकलन भई बेलायतबाट योगकुमार फगामी आई बेनीमा अक्षयकोषको लागि पैसा श्री महादेव मा.वि.को व्यवस्थापनको अध्यक्ष तथा प्राधानाध्यपक विनोद पुनको रोहबरमा बैकमा राख्ने काम भएको छ ।

यस कोषबाट दुईवटा शिक्षकहरुलाई तलब दिइने छ । र, भविष्यमा शिक्षकहरुको लागि तलब दिनु नपर्ने अवस्था भए यो कोष अन्य सामाजिक कार्य गरिने छ । साथै यसै अवसरमा बेग गाउँ र बाँदुक गाउँको बीचमा रहेको बेगखोला माथि नेपालको सबै भन्दा लामो र अग्लो रहने गरि झोलुङ्गे पुलको निर्माण यो २ वर्ष भित्रमा सम्पन्न गरिने जानकारी पनि म्याग्दीको एलडिओले बेगमा भएको एक कार्यक्रममा जानकारी गराएका छन ।

यो पुल बन्यो भने बेग र बाँदुकमा होस्टेको पनि व्यवस्था गर्न गाउँलेहरु उत्साहित भएका छन् । र, यही बाटो हुँदै नयाँ ईको टेकको पनि विकास हुने भएको हुँदा बेग गाउँको भेडी ओडारलाई पनि व्यवस्था गर्नु पर्ने कुरा बेगखोलेहरुले गर्न लागेका छन् । साथै उक्त कार्यक्रममा योगकुमार फगामी एनआरएन युकेका उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा बधाई कार्यक्रम पनि गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %