बिरामी बोकेको जिप दुर्घटना हुदा ३ जनाको ज्यान गयो ५ गंभिर घाईते

Read Time:1 Minute, 40 Second

देब पचभैया

पाल्पा, कार्तिक ९ – बिरामी बोकेको जिप दुर्घटना हुदा पाल्पामा एकै गाउका ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ५ जना गंभिर घाईते भएका छन् । पुर्बी पाल्पाको झिरुवास बाट रामपुर अस्पताल आउदै गरेको लु १ ज २६४७ नम्बरको जिप आईतबार बेलुकी १२ बजे झिरुबास ७ को लाकुरी भञ्यांगनिर दुर्घटना भएको हो ।

दुर्घटनामा परि झिरुवास ६ का २४ बर्षिय झन बहादुर पाटा, सोही ठाउकै १९ बर्षिय गुणसिंह ठकुरी र २३ बर्षिय युवराज खाम्चाको ज्यान गएको ईलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।

पाटा र ठकुरीको घटनास्थलमै र खाम्चाको उपचारको क्रममा रामपुर अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा रामपुर पाल्पाका २४ बर्षिय लक्ष्मण मल्ल, झिरुवास ६ का ३० बर्षिय लाल बहादुर थापा, सोही ठाउकै ५६ बर्षिय खेम मल्ल, २७ बर्षिय मन बहादुर मल्ल, २४ बर्षिय ईन्द्र बहादुर खाम्चा घाईते भएका छन् । घाईतेहरुको रामपुर अस्पतालमा प्राथमिक उपचार गरी सोमबार बिहानै तानसेन स्थित लुम्बिनि मेडिकल कलेज प्रभासमामा रिफर गरिएको प्रहरीले जनाएको छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %