देब पचभैया
पाल्पा, कार्तिक ९ – पाल्पाको अर्गलीमा आज बिहान सवा नौ बजे बस दुर्घटना हुदा १४ जना घाईते भएका छन् ।
गुल्मी बाट बुटवलका लागी छुटेको लु १ ख ५०८८ नम्बरको बस अर्गली १ कुडापानीमा दुर्घटना हुदा १४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाईतेहरुको पाल्पा स्थित युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको छ ।
पडाडी बाट आएको मोटरसाईकललाई साईड दिने क्रममा बस सडक किनारामा पल्टिएको चालक केशबराज गैरेले जानकारी दिए ।
