मुक्तक मञ्चको मुक्तक वाचन

Read Time:1 Minute, 21 Second

रेडियो बहराइ

पोखरा, असोज ३० गते – मुक्तक मञ्च पोखराले आफ्नो नियमित मुक्तक वाचनको उनान्नब्बेऔँ शृङ्खला दसैँ र तिहारको शुभकामना आदानप्रदानसँगै शनिबार सम्पन्न गरेको छ ।

मञ्चकी अध्यक्ष सरला लामिछाने ‘सरु’को अध्यक्षतामा भएको कार्यव्रmममा निवर्तमान अध्यक्ष परिवर्तन, सल्लाहकार रुपिन्द्र प्रभावी, गजल सन्ध्याकी अध्यक्ष बिर्सना बस्नेत, सन्ध्याकै उपाध्यक्ष अमृत सुवेदी ‘गुराँस’, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाट, अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारी, युथ व्रिmयशन थिएटरका सचिव सौगात सङ्घर्ष, साहित्यकार मदन भण्डारी, वसन्त विवश, रीता लामिछाने, अम्बिका भण्डारीलगायतले शुभकामनासँगै रचना वाचन गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सहसचिव भरत पौडेलले गरेका थिए ।

मञ्चले हरेक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचन गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %