देब पचभैया
पाल्पा, असोज ३० – ट्याक्टरबाट खस्दा पाल्पाको रामपुरमा एक जनाको ज्यान गएको छ ।
रामपुर बाट बाकामलांग तर्फ सामान लिएर गएको लु ३ त १५९४ नम्बरको ट्याक्टरको ट्लीबाट खस्दा शुक्रबार बेलुकी नवलपरासी रकुवा १ का ३८ बर्षिय दिलबहादुर बिकको घटनास्थलमै ज्यान गएको हो ।
ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक शिब शर्माका अनुसार गुडिरहेको ट्याक्टरको ट्ली उल्टिएपछि ट्लीमाथिको सामान माथि बसेका बिक सडकमा खसेका थिए ।
