ओनसरी बनिन गणतान्त्रिक नेपालको पहिलो महिला सभामुख
राज्यसत्ता ,
एमाओवादी उम्मेदवार ओनसरी घर्तिमगर सभामुखमा निर्विरोध निर्वाचित भएकी छिन्। नेमकिपाकी अनुराधा थापाले उम्मेदवारी फिर्ता लिएपछि ओनसारी निर्विरोध निर्वाचित भएकी हुन्। घर्तिमगर नेपालको इतिहासमा पहिलो महिला सभामुख हुन्।
यसअघि कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सभामुख निर्वाचनमा एमाओवादी उम्मेदवार ओनसरी घर्ती मगर र उपसभामुखमा राप्रपानेपालका गंगाप्रसाद यादवलाई मतदान गर्न सबै कांग्रेस सांसदहरुलाई ह्विप जारी गरेको थियो। व्यवस्थापिका संसदमा बसेका कांग्रेस नेताको बैठकले घर्ती र यादबलाई मतदान गर्ने निर्णय गरेका हुन्। यस अघि घर्तिमगर उपसभामुख थिइन्।

रोल्पा माडिचौरकी घर्तिमगर सशस्त्र जनयुद्धमा २०५२ देखिनै सहभागि थिइन्। उनले १० बर्ष लामो भूमिगत जीवन विताएकी थिइन्। उपसभामुखमा रा.प्र.पा , नेपाल बाट गंगा प्रशाद चौधरी निर्बिरोध निर्बाचित भएका छन् ।
श्रोत :- नागरिक
