राज्यसत्ता
दलीत जनजाति पार्टीका अध्यक्ष तथा सभासद यसोदा कुमारी लामाले उनको बारेमा समर्थक र शुभचिन्तहरूले पहिचान बिरोधी, हिन्दूवादी र राजावादीहरूको गठबन्धन रहेको प्रधानमन्त्रीको उम्मेद्वर केपी ओलिलाई मतदान नगर्न निर्देशन गरेको हुनाले मैले प्रधानमन्त्रीको उम्मेद्वर केपी ओलिले राम्रो संग जित्नु हुने र प्रधानमन्त्री बन्नु हुने थाहा हुँदा हुँदै पनि मैले केपी ओलीलाई मतदान नगरेको बताएकी छिन ।

ब्यवस्थापिका संसदका सभासद यसोदा कुमारी लामाले आफ्नो बारेमा संचार माध्यममा नकारात्मक हल्ला चलाईएको बताएकी छिन् । कुनै ब्यक्ती वा संस्थाको बारेमा लेख्दा आधिकारिक ब्यक्तिसंग बास्तविक सत्यतथ्य के हो भन्ने कुरा नबुझी समाचार लेख्नु गलत भएको भन्दै उन्ले आपत्ती जनाएकी छिन् । प्रधानमन्त्री निर्वाचन प्रकृयमा आफुले केपी ओलिलाई मतदान गर्नेछु भनी कुनै कागजमा हस्ताक्षर नगरेको दाबी गर्दै सभासद लामाले भन्नु भयो, प्रधानमन्त्रीमा दुई उम्मेद्वार भए पछि हामी सभासदलाई मतदान गर्न दुवै पक्षले आग्रह गर्नु स्वभाविक कुरा थियो । तर मैले प्रधानमन्त्रीका दुवै उम्मेद्वारलाई मत दिन्छु भनेर भनेकी थिईन ।
उहाँले भन्नु भयो मतदान गर्ने कुरा त आफुलाई ईच्छा लागेको उम्मेद्वारलाई मत हाल्ने न हो । केहि संचार माध्यमबाट जसरी आहिले मेरो चरित्र हत्या गर्ने काम भएको छ । मेरो राजनीतिक पृष्ठभुमिलाई नङ्याउँने काम भएको छ । त्यस्मा मेरो घोर आपत्ती छ । प्रधानमन्त्री निर्वाचनका क्रम्मा कसैले मेरो नाम जोडेर आर्थिक कुरा गर्छ भने त्यसको प्रामणित गरेर देखाउँन म चुनौती दिन चाहन्छु । जहाँसम्म रोष्ट्रममा बोलाउँदा नगएको भन्ने हल्ला गरिएको छ । त्यतिखेर म मेरो एक आफन्त ईमर्जेन्सी बिरामी परेको कारण हस्पिटल जानु पर्ने भएकोले ब्यवस्थापिका संसदबाट बाहिर निस्किनु पर्ने मेरो पारिवारिक बाध्यता थियो । अर्को कुरा मलाई एमालेका साथिहरूले नसोधी केपी ओलिको समर्थकमा नाम राख्नु भएको रहेछ । त्यो मलाई थाहा नै थिएन । म संग अनुमती नै नलिई त्यस्तो जिम्मेवार बिषयमा मेरो नाम राखेर मलाई केपी ओलिको समर्थनमा रोष्ट्रममा बोलाउनु भएकोमा घोर आपत्ती छ । मेरो नाम जोडेर अनर्गल प्रचार गरेको हुनाले त्यस्तो हावदारी कुराको पछि नलाग्न मेरा सबै शुभचिन्तकहरूलाई म हार्दिक आनुरोध गर्दछु ।
वास्तविक सत्यतथ्य जानकारी लिएर मात्र समाचार लेख्नु संचार संस्थाहरूको दायित्व र कर्तब्य हो जस्तो मलाई लाग्छ । केहि तत्वहरूले आफ्नो पक्षमा समर्थन नगर्ने भई भनेर मेरो चरित्र हत्या गर्न मिडियालाई प्रयोग गरेका हुन् । म आफ्नो ठाउँमा छु । मलाई खुरापाती राजनीती गर्न पनि आउँदैन । एउटा निर्दोश महिला माथि यस्तो आरोप लगाउँनु राम्रो कुरा होईन ।
मेरो समर्थक र शुभचिन्तहरूले पहिचान बिरोधी, हिन्दूवादी र राजावादीहरूको गठबन्धन रहेको प्रधानमन्त्रीको उम्मेद्वर केपी ओलिलाई मतदान नगर्न निर्देशन गरेको हुनाले मैले प्रधानमन्त्रीको उम्मेद्वर केपी ओलिले राम्रो संग जित्नु हुने र प्रधानमन्त्री बन्नु हुने थाहा हुँदा हुँदै पनि मैले केपी ओलीलाई मतदान नगरेको हुँ ।
